काठमाडौं- नेपाल दुरसञ्चार प्राधिकरणको अध्यक्षमा नियुक्त दिगम्बर झाको नियुक्तिबारे जानकारी गराउन संसद्को विकास समितिले निर्देशन दिएको छ।
_x000D_
_x000D_
उक्त नियुक्तिबारे १५ दिनभित्र जानकारी गराउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई समितिले निर्देशन दिएको हो।
_x000D_
_x000D_
बैठकमा नेपाली कांग्रेसका सांसद जिपछिरिङ लामा र नेकपाका सांसद यज्ञराज सुनुवारले झाको नियुक्तिबारे प्रश्न उठाएका थिए।
_x000D_
_x000D_
सरकारले यसअघिको आफ्नै निर्णय उल्ट्याउँदै झालाई भदौ २१ गते पुन: प्राधिकरणको नेतृत्व दिएको थियो।
_x000D_
_x000D_
सरकारले गत २० असारमा अघिल्लो सरकारले गरेका सबै राजनीतिक नियुक्तिहरु एकमुष्ट खारेज गर्ने निर्णय अनुरुप झा पनि पदमुक्त भएका थिए। सरकारको निर्णयविरुद्ध झाले पुनर्बहालीको माग गर्दै सर्वोच्चमा रिट समेत हालेका थिए। उक्त रिटमाथि सर्वोच्च अदालतले झाकै पक्षमा अन्तरिम आदेश नै जारी गरेको थियो। तर, पछि झा आफैंले सर्वोच्चमा दिएको निवेदन फिर्ता लिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।