राजविराज– राष्ट्रिय जनता पार्टी अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले सरकारलाई दिएको समर्थन फिर्ता लिने अन्तिम तयारी भइरहेको खुलासा गरेका छन्।
_x000D_
_x000D_
यादवले संविधान संशोधनलगायत समस्या समाधानका सवालमा सरकार आफ्नै प्रतिवद्धताबाट पछि हटेको आरोप लगाए। ‘असोज २१ गते हामी सरकारलाई ज्ञापनपत्र बुझाउँदैछौं,’ पत्रकारहरुसँग कुरा गर्दै नले भने,‘सरकारका लागि आफनो प्रतिवद्धता पूरा गर्ने यो अन्तिम मौका हो।’
_x000D_
_x000D_
समस्या समाधानको आसामा समर्थन दिए पनि त्यस मामिलामा सरकार उदासिन बन्दै गएकाले सोच्नैपर्ने बेला आएको उनले स्पष्ट पारे। ‘प्रधानमन्त्री बन्नुपूर्व केपी शर्मा ओलीले संविधान संशोधन, मधेसको विकासलगायत सबै समस्या समाधान गर्ने आश्वासन दिएका थिए,’ उनले थपे, ‘एकपटक साथ दिनुहोेस् भनेकाले हामीले विश्वास पनि गर्यौं। तर, सरकारले धोका दियो।’
_x000D_
_x000D_
ओली नेतृत्वको सरकार चौतर्फी रुपमा असफल भएको उनको टिप्पणी छ। विकास निर्माण, शान्तिसुरक्षा र सुशासनका विषयमा जनताले गरेको विश्वास दिनप्रतिदिन स्खलित हुँदैगएको उनले बताए। संविधान संशोधन पनि नगर्ने अनि जनताको विश्वास जित्न पनि नसक्ने आलोचित सरकारलाई समर्थन दिनुको औचित्य सकिएको उनको भनाइ छ।
_x000D_
_x000D_
३३ किलो सुन तस्करीमा पार्टीका प्रभावशाली नेता फस्ने अवस्था आएपछि त्यसको छानविन रोकेको, निर्मला बलत्कार र हत्या प्रकरणमा अपराधीलाई जोगाउन लागि परेको, निजगढ विमानस्थल निर्माणका नाममा चुरेका रुख सरपट कटान गरी मधेसलाई मरुभूमि बनाउने षडयन्त्रमा लागेको भन्दै उनले सरकारको आलोचना गरे।
_x000D_
_x000D_
रेशम चौधरीलाई सपथ ग्रहण नगराउनु जनमतको अपमान
_x000D_
_x000D_
सरकारले संविधान संशोधनको विषयलाई थाती राखेर जननिर्वाचित सांसद रेशम चौधरीलाई थुनामा राखेको उनले आरोप लगाए। चौधरीलाई सांसदको सपथ ग्रहणसमेत गर्न नदिनु जनमतप्रतिकै अपमान भएको उनको टिप्पणी छ। ‘यो घटनाबाट राज्यको पूर्वाग्रही चरित्र उदांगिएको छ,’ उनले भने ।
_x000D_
_x000D_
सरकारले टीकापुर घटना अनुसन्धानका लागि सर्वोच्चका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको अध्यक्षतामा गठित तराई मधेश थरुहट जाँचबुझ आयोगको प्रतिवेदन समेत बेपत्ता पारेको उनले आरोप लगाए। ‘हामी प्रतिवेदन सार्वजनिक गर्नोस्, त्यसैलाई मानेर अघि बढाैंला भनिरहेका छौं,’ उनले भने, ‘सरकार चाहिं छलकपट गरिरहेको छ।’
_x000D_
_x000D_
नेता यादवले संघीय सरकार र केही निजामती कर्मचारी नै संघीयता असफल पार्ने षडयन्त्रमा लागेको आरोप समेत लगाए। उनले भने, ‘संघीयताप्रति वितृष्णा फैलाएर त्यसको फाइदा लिन चौतर्फी असहयोग भइरहेको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।