काठमाडौँ – भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख डाक्टर विजय चौथाइवाले आफ्नो ३ दिने भ्रमणका लागि नेपाल आएका छन् ।
भ्रमणका क्रममा प्रधानमन्त्री सत्ता गठबन्धनका शीर्ष नेताहरू माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत विभिन्न व्यक्तिहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वास पात्रको रूपमा चिनिएका चौथाइवाले नेपाल भारतबिच पछिल्लो समय चिसिएको सम्बन्धलाई सुधार तथा सुदृढ बनाउन भूमिका खेल्ने बताइएको छ ।
लामो समयदेखि नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण हुन सकिरहेको छैन । त्यस क्रममा चौथाइवालेले भ्रमणको वातावरण बनाउने काम पनि गर्ने बताइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।