काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ। आज नेप्से सूचक ११.६४ बिन्दुले घटेर २६३५.४२ अंकमा समेटिएको छ।
७ अर्ब ५७ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको नेप्सेमा ३ वटा कम्पनीको सकारात्मक सर्किट लागेको छ भने एउटा कम्पनी नकारात्मक सर्किट लेबलमा कारोबार भएको छ।
आज नेप्सेमा ३११ मध्ये २४५ कम्पनीको कारोबार हुँदा ५७ वटाको सेयर बढेको छ भने १८८ वटाको घटेको छ। मंगलबार १ करोड ८४ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ। ८२ करोड ४३ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा सानिमा माई हाइड्रोपावर अग्रस्थानमा रहेको छ।
दोस्रो र तेस्रो स्थानमा क्रमशः ङादी ग्रुप पावर र राधी विद्युत् कम्पनी परेका छन्।
यो दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको छ। कारोबारमा आएको वित्त उपसमूहको परिसूचक यो दिन सर्वाधिक १.२२ प्रतिशत घटेको छ।१३ उपसमूहमध्ये एउटाको परिसूचक बढेको छ भने १२ वटाकाे परिसूचक घटेको छ।
निरन्तर घटिरहेको सेयर बजार २६ सय हाराहारी अंकमा समेटिएपछि गति धीमा भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।