काठमाडौं – शिक्षकहरूको आन्दोलन बारे प्रतिपक्षी दलहरूले संसदमा जरूरी सार्वजनिक महत्त्वको प्रस्ताव गरेका छन् ।
नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डे प्रस्तावक र समर्थकमा रास्वपा प्रमुख सचेतक सन्तोष परियार, एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवर, आम जनता पार्टीका सांसद प्रभु शाह, राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसी छन् ।
उनीहरूले विगतमा सरकार र महासंघबीच भएका सहमति कार्यान्वयन माग गर्दै २७ दिनदेखि शिक्षकहरू सडक आन्दोलनमा रहेकोमा ध्यानाकर्षण भएको पनि उल्लेख गरेका छन् ।
शिक्षक आन्दोलनप्रति सरकार गम्भीर नदेखिएको प्रतिपक्षी दलहरूको भनाइ छ । शिक्षकको आवाजलाई पनि सरकारले बेवास्ता गर्दै आइरहेको भन्दै उनीहरूले जरूरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएका हुन् ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।