काठमाडौं – जारी शिक्षकहरूको आन्दोलनलाई समर्थन गर्न पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र सोही पार्टीका सम्मानित नेता झलनाथ खनाल पुगेका छन् । २७ दिनदेखि आन्दोलनरत शिक्षकको आन्दोलनस्थलमा सोमबार ऐक्यबद्धताको लागि उनीहरू पुगे पनि केहि समयमै फर्कीएका छन् ।
आन्दोलनस्थल बिजुलीबजार पुगेपनि मन्तव्य नै नराखी उनिहरु फर्कीएका हुन् । शिक्षकहरूले उनीहरूविरुद्ध नै नाराबाजी गरेपछि दुवै जना अपमानजनक शैलीमा फर्किन बाध्य भएका हुन् । आन्दोलनमा समर्थन गर्दै भाषण गर्ने योजनासहित उनीहरू त्यहाँ पुगेका थिए । तर, आन्दोलनरत शिक्षकहरूले राजनीति गर्न पाइँदैन भन्दै नाराबाजी गर्न थालेपछि उनीहरू भाषण नगरी फर्किएका हुन् ।
‘कोही नेता यहाँ आउनुपर्दैन, सक्ने भए संसदमा बोल’ भन्दै शिक्षकहरूले नाराबाजी गरेका थिए । त्यसपछि प्रहरीले स्कर्टिङ गरेर गाडीसम्म पुर्याएको थियो । त्यसपछि उनीहरुले नेपाल शिक्षक महासंघका पदाधिकारीसँग संक्षिप्त भेट गरी फर्किएका हुन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।