काठमाडौं- दरबारमार्ग ‘सामूहिक बलात्कार’ प्रकरणका मुख्य अभियुक्त विकास गौतमले अदालतसमक्ष अात्मसमर्पण गरेका छन्। होटल ल्यान्डमार्कमा माघ ७ गते राती सामूहिक बलात्कार भएको थियो।
_x000D_
_x000D_
गौतमले बुधबार साँझ ५ बजे जिल्ला अदालत काठमाडौंमा आत्मसमर्पण गरेका हुन्। अदालतले उनलाई डिल्लीबजार कारागार चलान गरिएको दरबारमार्ग प्रहरी प्रभागका डिएसपी दानबहादुर मल्लले बताए।
_x000D_
_x000D_
केन्द्रीय अनुसन्धान ब्यूरोले आफूलाई खोजिरहेको थाहा पाएपछि गौतमले अात्मसमर्पण गरेकाे बताइएकाे छ। साेही मुद्दामा संलग्न भएको अारोपमा शैलेस कार्की यसअघि नै पक्राउ परिसकेका छन्।
_x000D_
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।