काठमाडौं– सुदुरपश्चिम प्रदेशसभाका विषयगत समितिको निर्वाचन असोज २२ गते हुने भएको छ। बुधबारको प्रदेशसभा बैठकमा सभामुख अर्जुनबहादुर थापाले समिति सभापतिको निर्वाचनको मिति घोषणा गरेका हुन्।
_x000D_
_x000D_
प्रदेशसभामा अर्थ विकास तथा प्राकृतिक स्रोत समिति, विधायन तथा प्रदेश मामिला समिति, सार्वजनिक लेखा समिति र सामाजिक विकास समिति गरी ४ वटा समिति छन्। गत चैतमा यी विषयगत समिति गठन भएका थिए।
_x000D_
_x000D_
प्रदेशसभा सचिवालयले जेठ महिनामा ३ पटक समिति सभापतिको निर्वाचनका लागि मिति तोकेपनि निर्वाचन भने हुन सकेको थिएन। प्रदेश सचिवालयका सचिव बालाराम शर्माका अनुसार जेठ १३, जेठ २१ र जेठ ३१ गते ३ पटक निर्वाचनका लागि तोकिएको मिति दलहरुको आग्रहमा स्थगित गरिएको थियो।
_x000D_
_x000D_
बुधबारको प्रदेशसभा बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बहिस्कार गरे पनि अर्को प्रतिपक्षी दल राजपाले प्रदेशसभा बैठक धेरै दिन अनिर्णयको बन्दी बनाउन नहुने भन्दै समर्थन जनाएपछि सञ्चालन भएको थियो। राजपाका सांसद कृष्णबहादुर चौधरीले राजधानी र नामका बारेमा आफ्नो पार्टीको असहमती कायमै रहेको तर पनि लामो समयसम्म संसद अवरुद्ध गर्दा अन्य काम प्रभावित हुने भन्दै संसद बहिस्कार नगरेको स्पष्ट पारे।
_x000D_
_x000D_
नेपाली कांग्रेसका सांसदले भने बैठक सुरु हुनासाथ आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए। तिन पटकसम्म आफ्नो स्थानमा बस्न सभामुखले आग्रह गर्दा पनि नमानेपछि कांग्रेस संसदीय दलका नेतालाई ‘के विषयमा असहमति हो? भन्दै सभामुखले सदनमा राख्न समय दिएका थिए। सभामुखको आग्रहपछि कांग्रेस संसदीय दलका नेता रणबहादुर रावलले प्रतिपक्षको उपस्थितिबिना असोज १२ गतेको प्रदेशसभाले गरेको प्रदेशको नामाकरण र स्थायी राजधानी नसच्चाएसम्म कांग्रेसले संसद बहिस्कार गर्ने बताए। उनले जंगल विनास गरी राजधानी बनाउने निर्णय कांग्रेसलाई कुनै पनि हालतमा मान्य नहुने भन्दै बुधबारको बैठक पनि बहिस्कार गरेको घोषणा गरे।
_x000D_
_x000D_
उनको घोषणा लगत्तै कांग्रेसका सांसदहरु बैठकबाट बाहिरिएका थिए। कांग्रेस सांसदको बहिस्कारपछि सभामुखले सुदुरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री दिर्घ सोडारीलाई सरकारका तर्फबाट धारणा राख्न समय दिएका थिए। मन्त्री सोडारीले दुई तिहाई मतका साथ स्थायी राजधानी र नामाकरणको निर्णय भएकाले यसमा कुनै परिवर्तन नहुने स्पष्ट पारे। उनले अन्य विषयमा छलफल र सहकार्य गर्न प्रदेश सरकार तयार रहेको भन्दै प्रतिपक्षी दल कांग्रेसलाई बैठकमा सहभागी हुन आग्रह गरे।
_x000D_
_x000D_
बैठकको विशेष समयमा सत्ता पक्षका अन्य सांसदहरुले पनि आफ्ना धारणा राखेका थिए। उनीहरुले राजधानी र नामाकरणको विषयलाई लिएर बैठक बहिस्कार गर्नु कांग्रेसको केटाकेटीपन भएको बताए। दुई तिहाईले गरेको निर्णय परिवर्तन नहुने भन्दै उनीहरुले लोकतान्त्रिक विधि स्विकार्न कांग्रेसलाई आग्रह गरे।
_x000D_
_x000D_
प्रदेशसभाको अर्को बैठक असोज १८ गते बिहीबार दिउँसो २ बजेका लागि बोलाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।