नयाँ दिल्ली (एजेन्सी)– सञ्जय लीला भन्साली निर्देशित फिल्म ‘पद्मावती’ को भव्य ट्रेलर सार्वजनिक भएयता विभिन्न प्रतिक्रिया आइरहेका छन् । यसअघिका फिल्ममा सानदार काम देखाएका भन्सालीको यो फिल्मप्रति आशा पनि ठूलै गरिएको छ । शीर्ष भूमिकामा रहेकी दीपिका पादुकोणले ट्रेलरमा पाएको प्रतिक्रियाप्रति धन्यवाद दिएकी छन्।
रणवीर सिंह र शाहिद कपुर समेत रहेको फिल्म डिसेम्बर १ मा रिलिज हुँदै छ । फिल्मको दृश्य, साजसज्जा र आभूषणलाई निकै सूक्ष्म ढंगले देखाइएको छ । त्यसमा पनि केन्द्रीय चरित्र ‘पद्मावती’को भूमिकालाई आकर्षक देखाइएको छ।
फिल्ममा दीपिकाको पहिरनको तौल सुनेर सबैलाई अचम्म लाग्न सक्छ । दीपिकाको लेहेंगाको तौल नै २० किलो छ । यसमा लुगाको ४ किलो र गरगहनाको ११ किलो तौल छ । पहिरन, गरगहना सबै गरेर दीपिकाले ३५ किलो तौल उठाउनेछिन्।
ट्रेलरमा पद्मावती:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।