काठमाडौं– ललितपुरस्थित नख्खु कारागारबाट मुस्ताङ कारागार पठाइएका गुन्डा नाइके समीरमान बस्नेतलाई २४ घन्टाभित्र उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ।
_x000D_
_x000D_
बस्नेतलाई गैरकानुनी रुपमा थुनामा राखेको भन्दै सुधीरमानसिंह बस्नेतले दायर गरेको बन्दीको मुद्दामा सर्वोच्चले बुधबार यस्तो आदेश गरेको हो।
_x000D_
_x000D_
न्यायाधीश दीपकराज जोशीको एकल इजलासले बस्नेतलाई सर्वोच्च पेस गर्न आदेश गरेको हो। सर्वोच्चले बन्दीसहित उपस्थित गराउने आदेश गरेकाले उनलाई फेरि काठमाडौं ल्याउनुपर्ने भएको छ। नख्खु कारागारमा रहेका बस्नतेलाई 'माथिको आदेश' भन्दै गत सोमबार बिहान बुद्ध एयरको फ्लाइटमार्फत मुस्ताङ कारागार पठाइएको थियो।
_x000D_
_x000D_
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले समीरमानलाई भारतबाट पक्राउ गरेर मंसिर १७ गते सार्वजनिक गरेको थियो।
_x000D_
_x000D_
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्या आरोपमा सिआइबीले उनलाई पक्राउ गरेको थियो। उनी यसभन्दा अघि पनि गुन्डागर्दी गरेको आरोपमा पटकपटक पक्राउ पर्दै आएका थिए। गौचनको गत असोज २३ गते काठमाडौंको बानेश्वरस्थित शान्तिनगरमा गोली हानी हत्या गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।