काठमाडौं– निम्बसका सबै ब्रान्डका खाने तेलले अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह आइएसओ २२०००ः२००५ को मान्यता पाएको छ। निम्बसका सबैखाले तेलका उत्पादनले खाद्य सुरक्षाको मापक प्रमाण पत्र प्राप्त गरेको कम्पनीले जनाएको छ।
_x000D__x000D_
खाद्य सुरक्षा र सुरक्षित प्रक्रिया अपनाएर सामान उत्पादन गरिएको आधारमा यस्तो प्रमाण–पत्र दिइने हुँदा यस्ता कम्पनीको उत्पादन उपभोक्ताको स्वास्थ्यको लागि सुरक्षित मानिन्छ। यसअघि निम्बसकै ‘व्यन्जन’ तेलले नेपाल गुणस्तर चिन्ह ‘एनएस’को प्रमाण प्रत्र प्राप्त गरेको थियो।
_x000D__x000D_
निम्बसले आफ्ना उत्पादनलाई १ सय ओटा ‘डिस्ट्रिब्युटर’ मार्फत ४० जिल्लामा पुर्याएको जनाएको छ।
_x000D__x000D_
हाल कम्पनीले ‘व्यन्जन’ र ‘सुनौलो किरण’ ब्रान्डका गुणस्तरीय खाने तेल उत्पादन गर्छ। जसअन्तर्गत कम्पनीले सूर्यमुखी, तोरी, भटमासको तेल उत्पादन गर्दै आएको छ। ‘स्विडिस’ प्रविधिको ‘रिफाइनरी’मा आधारित नेपालकै उत्कृष्ट औद्योगिक कारखाना स्थापना गरेको कम्पनीले गुणस्तरको सवालमा उपभोक्तालाई विश्वस्त तुल्याउने थुप्रै प्रामाणिक आधार तय गरेको दाबी गरेको छ।
_x000D__x000D_
उत्पादित खाद्य सामाग्रीको गुणस्तर मापनका लागि निम्बसको आफ्नै प्रयोगशाला सञ्चालनमा छ। यसका अतिरिक्त कम्पनीले नेपाल सरकार खाद्य प्रयोगशालाका साथै विदेशी खाद्य प्रयोगशालामासमेत गुणस्तर परीक्षण गराउँदै आएको जनाएको छ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।