काठमाडौं– बुधबार नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ। नेप्से परिसूचक १० दशमलव ७६ अंकले घटेर १२ सय ३० दशमलव ७६ बिन्दुमा आइपुगेको हो।
_x000D__x000D_
बुधबार परिसूचकसँगै कारोबार रकममा गिरावट आएको छ। १ सय ६५ कम्पनीको सेयर किनबेच गर्दा ३७ करोड ४० लाख ४९ हजार ८ सय ७५ रुपैयाँ कारोबार भएको छ। जबकि मंगलबार १ सय ७१ कम्पनीको ४५ करोड १९ लाख ९३ हजार ४ सय ८५ रुपैयाँ बारबरको सेयर खरिद बिक्री भएको थियो।
_x000D__x000D_
पछिल्लो केही दिनदेखि निरन्तर रुपमा उच्च कारोबार भएको बैंकिङ समूह अन्तर्गतका बैंक अगाडि रहेका छन्।
_x000D__x000D_
सबैभन्दा धेरै एनएमबी बैंकको सेयर कारोबार भएको छ। बैंकको २ करोड ६२ लाख ६७ हजार ९ सय ३६ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै एनआइसी एसिया बैंकको २ करोड ५२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
_x000D__x000D_
निरन्तर रुपमा उकालो लागेको नाडेप लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले बुधबार पनि सर्वाधिक कमाएका छन्। कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ सय १ रुपैयाँले बढेर ११ सय २० रुपैयाँमा कारोबार रोकिएको छ। त्यस्तै समता माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य प्रतिकित्ता ६९ रुपैयाँले बढेको छ।
_x000D__x000D_
यता सर्वाधिक गुमाउनेमा नेपाल हाइड्रोपावर डेभलपर्स अन्तगर्तका लगानीकर्ता रहेका छन्।
_x000D__x000D_
बुधबार ट्रेडिङ समूह र होटल समूहबाहेक अन्य सबै समूहमा गिरावट आएको छ। होटल समूह ५ दशमलव ५६ अंक र ट्रेडिङ समूह ४ दशमलव २२ अंकले बढेको छ। यता निर्जीवन बिमा समूह ५१ दशमलव ३८ अंक र जीवन बिमा समूह ३७ दशमलव ४५ अंकले घटेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।