काठमाडौं- नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कम्युनिस्टहरुमा पलाएको दुई तिहाइको दम्भले मुलुक दुर्घटनाको संघारमा पुगेको बताएका छन्।
_x000D_
_x000D_
गण्डक–टोखा प्रजातान्त्रिक समाज नेपालले राजधानीमा गरेको दसैंको शुभकामना आदानप्रदान कार्यक्रममा बाल्दै कोइरालाले राज्यका सबै निकायमा कम्युनिस्टहरूले कब्जा जमाएर अराजकता मच्चाएको आरोप लगाए।
_x000D_
_x000D_
उनले वर्तमान सरकारबाट नेपाली सेना मात्रै राजनीतिक हस्तक्षेप हुनबाट बचेको बताए। सरकार भ्रष्टचारको अखडा रहेको उनको आरोप थियो।
_x000D_
_x000D_
बलत्कारका घटनाप्रति सरकार निरीह रहेको भन्दै उनले थपे, ‘निर्मला पन्तको मुद्दामा प्रहरी प्रशासन निरीह बनेको छ।’
_x000D_
_x000D_
पार्टीको आन्तरिक विषयमा उनले संकट र अप्ठ्यारो परेको समयमा पार्टीविरुद्ध लाग्ने जुनसुकै तहका नेता तथा कार्यकर्ता भए पनि त्यस्ता व्यक्तिलाई पार्टीबाट निष्कासन गर्नुपर्ने धारणा राखे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।