नेपालगन्ज– नेपाल वायु सेवा निगम नेपालगञ्जका प्रमुख मुक्तिराम पाण्डेले नेपाल नागरिक उड्डयन कार्यालय नेपालगञ्जका निर्देशक प्रतापबाबु तिवारीविरुद्ध मुद्दा दायर गरेका छन्।
_x000D_
_x000D_
निगमको भवन डोजर लगाएर भत्काइदिएको भन्दै पाण्डेले तिवारीविरुद्ध जिल्ला अदालत बाँकेमा लुटपाट मुद्दा दायर गरेका हुन्। उनले आफ्नो भवन भत्काउँदा भएको क्षतिपूर्ति भराइदिन समेत माग गरेका छन्।
_x000D_
_x000D_
‘डोजर लगाएर भवन भत्काउँदा निगमको २४ लाख ४१ हजार ४ सय ७६ रुपैयाँ नोक्सान भएको भएकोले उक्त रकम क्षतिपूर्तिवापत भराइपाउँ,’ निगमका प्रमुख पाण्डेले मागदावी गरेका छन्।
_x000D_
_x000D_
नागरिक उड्डयन कार्यालयका निर्देशक तिवारीले गत असार १९ गते राति नेपालगञ्ज विमानस्थल पसिरसरमा रहेको निगमको इन्जिनियरिङ युनिटको भवन डोजर लगाएर भत्काइदिएका थिए।
_x000D_
_x000D_
निगमले २०३५ सालमा निर्माण गरेको इन्जिनियरिङ युनिटको भवनमा रातिको समयमा डोजर लगाएर भत्काई निगमलाई हानि–नोक्सानी पुर्याएकाले क्षतिपूर्तिको माग गर्दै तिवारीमाथि लुटपाट मुद्दा दायर गरिएको निगमका नेपालगञ्जका प्रमुख पाण्डेले बताए।
_x000D_
_x000D_
उक्त इन्जिनियरिङ भवन हटाउन पटकपटक आग्रह गर्दा पनि निगमले नहटाएको जनाउँदै उड्डयन कार्यालयका निर्देशक तिबारीले डोजर लगाएर भत्काइदिएका थिए। नेपालगञ्ज विमानस्थल परिसरमा ३ कठ्ठा ३ धुरमा क्षेत्रफलमा २०३५ सालमा निर्माण भएको उक्त भवन हालसम्म निगमले भोगचलन गर्दै आएको थियो।
_x000D_
_x000D_
निगमका प्रमुख पाण्डेले पत्रकार सम्मेलन गरी निर्देशक तिवारीविरुद्ध कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउने बताएका थिए।
_x000D_
_x000D_
नागरिक उड्यन कार्यालयले भने विमानस्थलको स्तरोन्नति गरी यात्रु कक्ष र चमेनागृहको लागि नयाँ भवन बनाउनुपर्ने भएकोले निगमलाई पुरानो घर खाली गराइदिन बारम्बार आग्रह गर्दा पनि अटेर गरेकाले डोजर लगाएर भत्काएको बताउँदै आएको छ।
_x000D_
_x000D_
निगमको इन्जिनियरिङ भवन रहेको जग्गाको लालपूर्जा बनाउने प्रक्रिया चलिरहेकै बेला उड्यन कार्यालयका निर्देशक तिवारीले कानुन हातमा लिएर डोजर लगाएर भवन भत्काइदिएको निगमका प्रमुख पाण्डेले बताए।
_x000D_
_x000D_
निगम र उड्यन कार्यालय एउटै मन्त्रालयअन्र्तगतका दुईवटा सरकारी कार्यालय हुन्।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।