धनगढी– सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरी तोकिएपछि राष्ट्रिय पत्रिकाले गोदावरीका विरुद्ध समाचार लेखेको भन्दै बुधबार बिहानै पत्रिका जलाएका छन्।
_x000D_
_x000D_
नेपालगञ्जबाट सुदूरपश्चिम प्रदेशमा ल्याउने क्रममा बुधबार बिहानै कान्तिपुर दैनिक, नागरिक दैनिक र अन्नपूर्ण पोष्ट पत्रिका अत्तरीयाका युवाले गाडीबाट जबरजस्ती निकालेर जलाएका हुन्।
_x000D_
_x000D_
गत शुक्रबार संसदको दुई तिहाई बहुमतले सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरी तोकेपछि राष्ट्रिय तथा स्थानीय पत्रपत्रिकाले जंगल मासेर राजधानी बनाउँदा पर्यावरणमा गम्भीर असर पुग्ने, चुरे क्षेत्र खतरामा, बाघको बाटोमा राजधानी लगायतका शिर्षक दिएर समाचार लेख्दै आएका छन्।
_x000D_
_x000D_
समाचार लेखेको भन्दै पत्रिका जलाइनु निन्दनीय भएको भन्दै उक्त कार्यको विरोध हुन थालेको छ।
_x000D_
_x000D_
सुदूरपश्चिम प्रदेश पत्रकार महासंघले पत्रिका जलाइनु निन्दनीय कार्य भएको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।