• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

पोखरामा सवारी लाइसेन्स लिनेको भिड, यातायात कार्यालय भन्छ - तीन महिनाभित्र सबैको हातहातमा

64x64
नेपाल लाइभ बुधबार, असोज १७, २०७५  ००:२९
1140x725

पोखरा– धीरज थापा सोमबार सवारी चालक अनुमति पत्र लिन लाइन लागिरहेको अवस्थामा गण्डकी प्रदेशको यातायात कार्यालयमा भेटिए। भेटमा उनले लाइसेन्स बनाउन बिहानैदेखि लाइनमा उभिएको बताए। तर, उनले मध्यान्ह हुँदासम्म पनि पालो पाएका थिएनन्। गुनासोका साथ उनी हामीसँग कुराकानीमा जोडिए, ‘अटेसमटेस गर्दै लाइनमा उभिनुपर्छ। आफ्नो पालो कुर्न पनि वर्षौं लाग्लाजस्तो भइसक्यो। सिस्टममा कहिले आउँछन् नेपालका कार्यालय?’

_x000D_ _x000D_

चितवनदेखि स्कुटरको लाइसेन्स नवीकरण गर्न आएकी सीता गुप्ताको गुनासो पनि उस्तै थियो। बिहान कार्यालय समयमै उपस्थित भएको भए पनि कर्मचारीले कहिले कुन फाँट र कहिले कुन फाँटमा जानुस् भनिदिँदा अनावश्यक सास्ती पाएको उनले बताइन्। भनिन्, ‘कहिले माथि तलामा जानु भन्छन्, कहिले तल। आएको ३ घण्टाभन्दा बढी भइसक्यो। काम नै भएको छैन।’

_x000D_ _x000D_

पोखरा लामाचौरका ईश्वर पौडेलले ‘स्मार्ट लाइसेन्स’ पाउन सबै पक्रिया पूरा गरेको १ वर्ष भयो। तर, अझै पाएका छैनन्। कुराकानीको सुरुवातमै उग्र मुद्रामा देखिएका ईश्वरको प्रश्न थियो, ‘कार्यालयमा फोन गर्दा–गर्दा थाकिसकें। कहिले पाउँछु मैले लाइसेन्स?’

_x000D_ _x000D_

उल्लेखित सेवाग्राही सवारीचालक अनुमतिपत्र पाउन सास्ती भोग्नेमध्येका केही पात्र मात्रै हुन्। अहिले गण्डकी प्रदेशको यातायात व्यवस्था कार्यालयमा सवारीचालक अनुमतिपत्र लिने सेवाग्राहीको भीड जति देख्न पाइन्छ, गुनासोको चाङ त्योभन्दा बढी सुन्न पाइन्छ। सेवाग्राहीको चाप बढेपनि कार्यालयले अवश्यकताअनुसार कर्मचारी थप गर्ने तथा छिटोछरितो सेवा दिन नसकेको कार्यालय हाताभित्र केही समय रहँदा नै थाहा लाग्छ।

_x000D_ _x000D_

‘फाँटमा कर्मचारी नै देखिँदैनन्। सबै काम पूरा हुन व्यापार–व्यवसाय नै छोडेर आउनुपर्छ,’ पोखराका थापा भन्छन्, ‘जनतालाई सेवासुविधा दिने कुरामा यति हेलचक्र्याइँ किन गरिन्छ?’ कहिले लामो लाइन लाग्नुपर्ने त कहिले सेवाग्राहीकै कारण अनलाइनमा भरिएको फर्मको राजश्व तिर्न पनि नपाएर अर्को दिन धाउनुपर्ने उनको गुनासो थियो।

_x000D_ _x000D_

_x000D_ _x000D_

तर, सेवाग्राहीको चापका सम्बन्धमा यातायात व्यवस्था कार्यालयको भने भिन्न मत छ। नेपालका सबै ठाउँमा निरन्तर सवारीचालक अनुमति पत्र खोलियो भने गण्डकी प्रदेशमा स्वतः चाप घट्ने निमित्त कार्यालय प्रमुख गोकुल शर्मा पौडेलको दाबी छ। ‘पहिलेको तुलनामा हेर्न हो भने हाल सवाग्राहीको चाप घटेको मान्नुपर्छ। तर अन्य जिल्ला र प्रदेशमा लाइसेन्स परिक्षा नखुल्दा सबै यतै आउँछन्, अनि चाप देखिन्छ,’ पौडेलले भने। कार्यालयमा हाल दैनिक १० हजार सवारी अनुमति पत्रको माग हुने गरेको कार्यालयले जनाएको छ। तर, कार्यालयले ३ सय वटा मात्रै वितरण गर्न सकेको छ।

_x000D_ _x000D_

चाप हुनुको अर्को कारण कर्मचारी अभाव रहेको कार्यालयले जनाएको छ। ‘कार्यालयमा अहिलेपनि ओभरसियर, नायबसुब्बा, कम्प्युटर अपरेटर, खरिदारलगायत पद रिक्त छ,’ निमित्त कार्यालय प्रमुख पौडेल भन्छन्, ‘सबै रिक्त पद परिपूर्ति भयो भने आधाभन्दा बढी चाप घट्छ ।’ कार्यालयमा अहिले २६ जनाको मात्रै दरबन्दी रहेको उनले जानकारी दिए।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

बाहिरी जिल्लाका बढी सेवाग्राही

_x000D_ _x000D_

सवारी चालक अनुमतिपत्र लिन कार्यालयमा धादिङ र चितवन जिल्लाका सेवाग्राहीको बढी चाप हुनेगरेको पौडेलले खुलाए। उनका अनुसार गण्डकीमा निरन्तर सवारीचालक अनुमति पत्रको परिक्षाका लागि आवेदन खुलेका कारण छिमेकी जिल्लाबाट धेरै सेवाग्राही आउने गरेका हुन्। ‘कुनै–कुनै जिल्लामा त १ वर्षअघि देखि नखुलेको पनि रहेछ। ती जिल्लाका पनि पोखरा नै आउने गरेको तथ्यांकले देखाएको छ।,’ पौडेलले भने।

_x000D_ _x000D_

सबै प्रक्रिया पुरा गरेर पनि वितरण गर्न बाँकी रहेका स्मार्ट लाइसेन्स ३ महिनाभित्र सबै बाँढिसक्ने कार्यालयले जनाएको छ। ‘पहिले लाइसेन्स छाप्ने मेसिन बिग्रिएको थियो। अहिले भौतिक विकास मन्त्रालयले नयाँ मेसिन भाडामा लिएर छाप्ने प्रक्रिया अगाडि बढेको छ। चाँडै सबैले लाइसेन्स पाउँछन्,’ उनले भने। मेसिनमा प्राविधिक समस्या आएका कारण पनि स्मार्ट लाइसेन्स आउन ढिलो भएको उनले प्रस्ट्याए। चाँडै टोकन सिस्टम ल्याएर कार्यालय फाँटहरुमा हुने ढिलासुस्ती हटाउनेसमेत निमित्त कार्यालय प्रमुख पौडेलले योजना सुनाए।

_x000D_ _x000D_

कारको लाइसेन्स लिने अधिक

Xtrem

Xtrem
_x000D_ _x000D_

यातायात व्यवस्था कार्यालय, पोखराले पछिल्लो समय कारको लाइसेन्स निकाल्नेको संख्या बढिरहेको जनाएको छ। ‘पहिले स्कुटरको लाइसेन्स निकाल्नेको संख्या बढी हुन्थ्यो। अहिले भने कारको लाइसेन्स लिनेमा चाप देखिन्छ।,’ पौडेलले भने।

_x000D_ _x000D_

उनका अनुसार लाइसेन्स निकाल्न आवेदन दिनेमा १८ वर्षदेखि २४ वर्ष उमेर समूहको बढी चाप छ। पौडेलले भने, ‘त्यो उमेर समूहमा पनि पुरुष सेवाग्राहीको सख्या नै बढी छ। तर, पछिल्लो समय ६० वर्ष कटेकाले पनि आवेदन दिइरहेका छन्।’ उनका अनुसार ६० वर्ष कटेकाहरुले धेरै स्कुटरको लाइसेन्सका लागि आवेदन फारम भर्ने गरेका छन्।

_x000D_ _x000D_

आइतबारदेखि मंगलबारसम्म फारम दर्ता गर्ने र अन्य दिन परीक्षा लिने गरेको कार्यालयले जानकारी दिएको छ। ‘बिहीबार ट्याक्टर, टिप्पर र ट्रकको फारम खुल्ने भएकाले अन्य दिनभन्दा चाप बढी हुन्छ,’ निमित्त कार्यालय प्रमुख पौडेलले भने, ‘सबैको परीक्षा भइसकेपछि कार्यालयले अर्को हप्ताको बुधबार लाइसेन्स बाँड्दै आएको छ।’

प्रकाशित मिति: बुधबार, असोज १७, २०७५  ००:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलत्कार हो  : सर्वोच्च अदालत
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलत्कार हो  : सर्वोच्च अदालत शुक्रबार, असोज ९, २०८३
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ शुक्रबार, असोज ९, २०८३
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्