पोखरा– धीरज थापा सोमबार सवारी चालक अनुमति पत्र लिन लाइन लागिरहेको अवस्थामा गण्डकी प्रदेशको यातायात कार्यालयमा भेटिए। भेटमा उनले लाइसेन्स बनाउन बिहानैदेखि लाइनमा उभिएको बताए। तर, उनले मध्यान्ह हुँदासम्म पनि पालो पाएका थिएनन्। गुनासोका साथ उनी हामीसँग कुराकानीमा जोडिए, ‘अटेसमटेस गर्दै लाइनमा उभिनुपर्छ। आफ्नो पालो कुर्न पनि वर्षौं लाग्लाजस्तो भइसक्यो। सिस्टममा कहिले आउँछन् नेपालका कार्यालय?’
_x000D_
_x000D_
चितवनदेखि स्कुटरको लाइसेन्स नवीकरण गर्न आएकी सीता गुप्ताको गुनासो पनि उस्तै थियो। बिहान कार्यालय समयमै उपस्थित भएको भए पनि कर्मचारीले कहिले कुन फाँट र कहिले कुन फाँटमा जानुस् भनिदिँदा अनावश्यक सास्ती पाएको उनले बताइन्। भनिन्, ‘कहिले माथि तलामा जानु भन्छन्, कहिले तल। आएको ३ घण्टाभन्दा बढी भइसक्यो। काम नै भएको छैन।’
_x000D_
_x000D_
पोखरा लामाचौरका ईश्वर पौडेलले ‘स्मार्ट लाइसेन्स’ पाउन सबै पक्रिया पूरा गरेको १ वर्ष भयो। तर, अझै पाएका छैनन्। कुराकानीको सुरुवातमै उग्र मुद्रामा देखिएका ईश्वरको प्रश्न थियो, ‘कार्यालयमा फोन गर्दा–गर्दा थाकिसकें। कहिले पाउँछु मैले लाइसेन्स?’
_x000D_
_x000D_
उल्लेखित सेवाग्राही सवारीचालक अनुमतिपत्र पाउन सास्ती भोग्नेमध्येका केही पात्र मात्रै हुन्। अहिले गण्डकी प्रदेशको यातायात व्यवस्था कार्यालयमा सवारीचालक अनुमतिपत्र लिने सेवाग्राहीको भीड जति देख्न पाइन्छ, गुनासोको चाङ त्योभन्दा बढी सुन्न पाइन्छ। सेवाग्राहीको चाप बढेपनि कार्यालयले अवश्यकताअनुसार कर्मचारी थप गर्ने तथा छिटोछरितो सेवा दिन नसकेको कार्यालय हाताभित्र केही समय रहँदा नै थाहा लाग्छ।
_x000D_
_x000D_
‘फाँटमा कर्मचारी नै देखिँदैनन्। सबै काम पूरा हुन व्यापार–व्यवसाय नै छोडेर आउनुपर्छ,’ पोखराका थापा भन्छन्, ‘जनतालाई सेवासुविधा दिने कुरामा यति हेलचक्र्याइँ किन गरिन्छ?’ कहिले लामो लाइन लाग्नुपर्ने त कहिले सेवाग्राहीकै कारण अनलाइनमा भरिएको फर्मको राजश्व तिर्न पनि नपाएर अर्को दिन धाउनुपर्ने उनको गुनासो थियो।
_x000D_
_x000D_

_x000D_
_x000D_
तर, सेवाग्राहीको चापका सम्बन्धमा यातायात व्यवस्था कार्यालयको भने भिन्न मत छ। नेपालका सबै ठाउँमा निरन्तर सवारीचालक अनुमति पत्र खोलियो भने गण्डकी प्रदेशमा स्वतः चाप घट्ने निमित्त कार्यालय प्रमुख गोकुल शर्मा पौडेलको दाबी छ। ‘पहिलेको तुलनामा हेर्न हो भने हाल सवाग्राहीको चाप घटेको मान्नुपर्छ। तर अन्य जिल्ला र प्रदेशमा लाइसेन्स परिक्षा नखुल्दा सबै यतै आउँछन्, अनि चाप देखिन्छ,’ पौडेलले भने। कार्यालयमा हाल दैनिक १० हजार सवारी अनुमति पत्रको माग हुने गरेको कार्यालयले जनाएको छ। तर, कार्यालयले ३ सय वटा मात्रै वितरण गर्न सकेको छ।
_x000D_
_x000D_
चाप हुनुको अर्को कारण कर्मचारी अभाव रहेको कार्यालयले जनाएको छ। ‘कार्यालयमा अहिलेपनि ओभरसियर, नायबसुब्बा, कम्प्युटर अपरेटर, खरिदारलगायत पद रिक्त छ,’ निमित्त कार्यालय प्रमुख पौडेल भन्छन्, ‘सबै रिक्त पद परिपूर्ति भयो भने आधाभन्दा बढी चाप घट्छ ।’ कार्यालयमा अहिले २६ जनाको मात्रै दरबन्दी रहेको उनले जानकारी दिए।
_x000D_
_x000D_
बाहिरी जिल्लाका बढी सेवाग्राही
_x000D_
_x000D_
सवारी चालक अनुमतिपत्र लिन कार्यालयमा धादिङ र चितवन जिल्लाका सेवाग्राहीको बढी चाप हुनेगरेको पौडेलले खुलाए। उनका अनुसार गण्डकीमा निरन्तर सवारीचालक अनुमति पत्रको परिक्षाका लागि आवेदन खुलेका कारण छिमेकी जिल्लाबाट धेरै सेवाग्राही आउने गरेका हुन्। ‘कुनै–कुनै जिल्लामा त १ वर्षअघि देखि नखुलेको पनि रहेछ। ती जिल्लाका पनि पोखरा नै आउने गरेको तथ्यांकले देखाएको छ।,’ पौडेलले भने।
_x000D_
_x000D_
सबै प्रक्रिया पुरा गरेर पनि वितरण गर्न बाँकी रहेका स्मार्ट लाइसेन्स ३ महिनाभित्र सबै बाँढिसक्ने कार्यालयले जनाएको छ। ‘पहिले लाइसेन्स छाप्ने मेसिन बिग्रिएको थियो। अहिले भौतिक विकास मन्त्रालयले नयाँ मेसिन भाडामा लिएर छाप्ने प्रक्रिया अगाडि बढेको छ। चाँडै सबैले लाइसेन्स पाउँछन्,’ उनले भने। मेसिनमा प्राविधिक समस्या आएका कारण पनि स्मार्ट लाइसेन्स आउन ढिलो भएको उनले प्रस्ट्याए। चाँडै टोकन सिस्टम ल्याएर कार्यालय फाँटहरुमा हुने ढिलासुस्ती हटाउनेसमेत निमित्त कार्यालय प्रमुख पौडेलले योजना सुनाए।
_x000D_
_x000D_
कारको लाइसेन्स लिने अधिक
_x000D_
_x000D_
यातायात व्यवस्था कार्यालय, पोखराले पछिल्लो समय कारको लाइसेन्स निकाल्नेको संख्या बढिरहेको जनाएको छ। ‘पहिले स्कुटरको लाइसेन्स निकाल्नेको संख्या बढी हुन्थ्यो। अहिले भने कारको लाइसेन्स लिनेमा चाप देखिन्छ।,’ पौडेलले भने।
_x000D_
_x000D_
उनका अनुसार लाइसेन्स निकाल्न आवेदन दिनेमा १८ वर्षदेखि २४ वर्ष उमेर समूहको बढी चाप छ। पौडेलले भने, ‘त्यो उमेर समूहमा पनि पुरुष सेवाग्राहीको सख्या नै बढी छ। तर, पछिल्लो समय ६० वर्ष कटेकाले पनि आवेदन दिइरहेका छन्।’ उनका अनुसार ६० वर्ष कटेकाहरुले धेरै स्कुटरको लाइसेन्सका लागि आवेदन फारम भर्ने गरेका छन्।
_x000D_
_x000D_
आइतबारदेखि मंगलबारसम्म फारम दर्ता गर्ने र अन्य दिन परीक्षा लिने गरेको कार्यालयले जानकारी दिएको छ। ‘बिहीबार ट्याक्टर, टिप्पर र ट्रकको फारम खुल्ने भएकाले अन्य दिनभन्दा चाप बढी हुन्छ,’ निमित्त कार्यालय प्रमुख पौडेलले भने, ‘सबैको परीक्षा भइसकेपछि कार्यालयले अर्को हप्ताको बुधबार लाइसेन्स बाँड्दै आएको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।