काठमाडौ– कार्यबाहक प्रधानमन्त्री ईश्वर पोखरेलले अहिंसाका प्रवर्तक महात्मा गान्धीको विचार अग्रगति र प्रगतिका लागि सान्दर्भिक रहेको बताएका छन्।
_x000D_
_x000D_
गान्धीको १५०औँ जन्मजयन्ति तथा आहिंसा दिवसका अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा उनले गान्धीको विचार राजनीतिक दर्शन मात्र नभएर आजको विश्व मानवका लागि जीवन पद्धतिका रुपमा विकास भएको जिकिर गरे।
_x000D_
_x000D_
गान्धी सम्पूर्ण विश्वका अहिंसा र शान्तिका पक्षधर व्यक्तिको नेताका रुपमा रहेको बताउँदै उपप्रधानमन्त्री पोखरेलले भने, ‘गान्धी केवल भारतका मात्र होइनन्, शान्ति र अहिंसाको पक्षमा रहेका विश्व मानव समुदायको नेता हुनुहुन्छ।’
_x000D_
_x000D_
नेपालको परराष्ट्र नीति संयुक्त राष्ट्र सङ्घको बडापत्र, असंलग्न नीति, पञ्चशीलको सिद्धान्त तथा अन्तर्राष्ट्रिय कानून र प्रचलनमार्फत विश्व शान्तिमा आधारित भएको बताउँदै उनले गान्धीको शान्ति र अहिंसाको विचारसँग नेपालको परराष्ट्र नीतिका आधारभूत भावना मेल खाने धारणा राखे।
_x000D_
_x000D_
शान्तिपूर्ण सङ्घर्षबाट आर्जित शक्तिले विश्वमा स्वतन्त्रता, न्याय र आत्मसम्मानको आन्दोलनमा ठूलो भूमिका खेलेको उल्लेख गर्दै रक्षामन्त्री पोखरेलले शान्तिका पक्षमा उभिने विश्वका नेतामध्ये नेल्सन मण्डेला र मार्टिन लुथर किङ गान्धीको विचार र व्यवहारबाट प्रभावित भएको बताए।
_x000D_
_x000D_
कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले गान्धीले विश्व समुदायलाई दिएको अहिंसा र शान्तिको विचारका कारण विश्वमा भारतको उचाइ बढेको बताए।
_x000D_
_x000D_
सो अवसरमा गान्धीको जीवनदर्शनसँग सम्बन्धित प्रदर्शनी र गान्धी भजन प्रस्तुत गरिएको थियो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।