काठमाडौं– प्रतिनिधिसभाका सांसदहरुले प्रशासनिक संयन्त्रलाई पारदर्शी बनाउन नसकेको भन्दै सरकारको चर्को आलोचना गरेका छन्।
_x000D_
_x000D_
प्रतिनिधिसभाका सांसदद्धय नवराज सिलवाल र विनोद चौधरीले प्रशासनिक संयन्त्रलाई पारदर्शी बनाउन नसकेको भन्दै सरकारको आलोचना गरेका हुन्।
_x000D_
_x000D_
मंगलबार प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद नवराज सिलवालले मूलुकलाई अघि बढाउन प्रशासनिक निकायलाई पारदर्शी बनाउन सरकारको गम्भीर ध्यानाकर्षण गराए। उनले सेवाग्राहीलाई सेवा दिने गरी प्रशासनिक संयन्त्रको क्षमता विकास गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना गरे।
_x000D_
_x000D_
सांसद विनोद चौधरीले कर्मचारीलाई तोकिएकै क्षेत्रमा परिचालन गर्न नसकेको भन्दै सरकारको कार्यशैलीमाथि टिप्पणी गरे। उनले प्रशासनिक खर्च कम गरेर विकासमा खर्च बढाउन पनि सरकारलाई सचेत गराए।
_x000D_
_x000D_
समितिका अन्य सदस्यहरुले पनि मुलुकलाई सुशासन दिन प्रशासनिक संयन्त्र बाधकको रुपमा रहेको आरोप लगाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।