• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, जेठ २०, २०८३ Wed, Jun 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

डटपेन

64x64
नेपाल लाइभ शनिबार, असोज २८, २०७४  ०५:५९
1140x725

‘क’ देखि ‘ज्ञ’ सम्मको बाटो छिचोल्न थुप्रै समय लाग्यो। 

खरीपाटीमा ‘क’ लेखेको याद कत्ति पनि छैन । तर, ‘ज्ञ’ लेखेको याद छ । यस बीचमा म कति छिप्पिएँ ! अनुमान सहज छ । यसै बीचमा घरमा आउने पाहुनालाई बाले भनेको पनि याद छ, ‘कान्छो एकमा पढ्दै छ । यसपाली एकमै फेल भयो।’

छोरो पहिलो कक्षामै गुल्टियो । बाको अनुहारमा निराशाको रंग छ। 

बाले कान्छो छोरो पढाउन मास्टर ल्याए । सप्तरीका यादव सर। 

मेरो अक्षरको जिम्मा लिनुअघि उनले दुई कुरा अनिवार्य जान्नु थियो । एक, कमेरो माटोको मसी बनाउन । दुई, बाँसको कर्ची तिखारेर कलम बनाउन। 

यी दुई कुरा जानेपछि उनी मेरा पक्का मास्टर बने। 

स्कुल नजिकै थियो । खुट्टा लागेपछि स्कुल पठाउने चलन घरमा थियो । चलन अनुसार स्कुल गएँ। 

यादव सरले एक हातले खरीपाटी र अर्को हातले मेरो हात समातेर सयौं पल्ट स्कुल पुयाए । जुन दिन यादव सरको हातबाट मेरा औंला चिप्लिन्थे, त्यस दिन गुराँसको टुप्पोमा झुल्किन्थेँ । ऐंसेलु, काफलको झाडीतिर बिलाउँथेँ । भँगेरो, ढुकुरको गुँडतिर छापा हान्थेँ। 

nimb
nimb
Ncell 2
Ncell 2

यादव सरले प्रेमले मेरो औंला र खरीपाटी समातेनन् । बाध्यताले समाते होलान् । भोक र अभावले समाते होलान् । नत्र आफ्नै छाया लडी मर्ने भिरैभिरको बाटो आएर एउटा सिँगाने बालकको हात किन समात्छ मधेसतिरको मास्टर!

अहिले यादव सर कहाँ होलान् ? जीवनको कुन गणित बाँचिरहेका होलान्? 

एक मीठो सम्झना यादव सर!

खरीपाटीबाट कलम–कापीमा उक्लिन संघर्ष गर्नुपर्यो  । त्यो संघर्षको तुलना गर्न अहिले कुनै विम्ब भेटिनँ । भेटेको भए पाठकले मीठो वाक्य पढ्न पाउँथे । जसरी म कहिलेकाहीँ यादव सरको औंलाबाट चिप्लेर मीठो ऐंसेलु खान पाउँथेँ। 

कक्षा एक पास भएँ !

पास हुँदा के हुन्छ ?

उत्तर : खरीपाटी फालेर कलम–कापी च्याप्न पाइन्छ । दाजुहरुले पढी भ्याएको पुराना किताब बोक्न पाइन्छ । किताब बोक्न पाएको अहम् टाउकोमा राखेर जंगली फूल जस्तै चंगा र मृगको पाठो जस्तै फूर्तिलो बन्न पाइन्छ।

यादव सर हाम्रो घरमा बस्थे । बिहान–बेलुका म र दिदीलाई पढाउँथे । मेरा चकचके औंला समातेर स्कुल पुर्याहउँथे । स्कुलमा म जस्तै अरु सिँगाने केटाकेटीलाई अक्षर पढाउँथे। 

म साथीहरुलाई ब्ल्याकमेल हान्थेँ । ‘यादव सर मेरो घरमा बस्छ । मलाई छुइस् भने सरलाई भन्दिन्छु, तलाई सरले मार्छ!’

खेलमा झेली गर्थें र उस्तै डिङ हाँक्थेँ– ‘मलाई छुइस् भने यादव सरलाई भनिदिन्छु।’

साथीहरुको खरीपाटी फालिदिन्थें ! ‘मलाई छुइस् भने यादव सरलाई भनिदिन्छु।’

कुवामा पानी खान जान्थेँ । ‘मलाई पहिला खान दे, नत्र यादव सरलाई भनिदिन्छु।’

साथीहरु गिद्ध उड्दा रुखको टुप्पो हल्लिए झैं हल्लिन्थे । म आनन्द लिन्थेँ। 

अरुलाई हराउँदा जुन मज्जा हुन्छ । हो, म त्यही ‘मज्जाको’ लतमा फसिरहेको थिएँ। 

अनेकौं बदमासी गर्दै गएँ। 

हरेक बदमासीमा यादव सरको नाम मेरो लागि रक्षाकवच बन्थ्यो। 

हाम्रा मास्टर भन्नु तेल निथ्रिएको सुख्खा पिना जस्ता प्रेम निथ्रिएका रुखा जिनिस थिए । जसले मास्टरको हात भेट्यो, उसले कट्टु मुत्यो।

आँखामा बिजुली चम्के जस्ता सेता झिल्काले उठ्थे । रिंगटा लाग्थ्यो । कक्षाकोठा फनफनी घुम्थ्यो । यति हुँदा पनि मास्टरले विद्यार्थी कुट्न छाड्दैन थिए । कक्षामा मास्टर हैन, भेडाबाख्रा लखेट्न हिँडेको कुनै क्रूर गोठालो छिरे जस्तो लाग्थ्यो। 

कमिजको खल्तीमा भिरेको डटपेन देखेर छिमेकीले ‘कालेले पनि डटपेन भिर्न थालिस् ? अब चकचक नगरी राम्ररी पढ्’ भनून् भन्ने लाग्यो । तर, छिमेकीले यति बोल्न पनि लोभ गरे।

यस्ता कडा माडसा’बको औंला समातेर स्कलु आएको देखेपछि साथीहरुले मलाई छुने हिम्मत कहाँ गर्नु! 

बलिया साथीहरु मलाई छुँदैन थिए । ‘यसको घरमा यादव सर बस्छ । यसलाई छोयो भने सरले मार्छ ।’ प्रत्येक साथीमा यादव सर मेरो घरमा बस्नुको रन्को थियो।
म सधैंको दादा । सबैको दादा। 

मेरो दादागिरीलाई अहिलेको टोले गुन्डासँग तुलना गरे हुन्छ। 

मलाई अक्षर चिनाए यादव सरले ।

एकदिन शब्द सिकाए यादव सरले– ‘आमा, कलम, बाबु, फर्सी, काँक्रा, बारी, खेत आदि आदि!’ 

एकदिन शब्द जोडेर वाक्य बनाउन सिकाए यादव सरले– ‘म घर जान्छु !’

त्यसपछि यादव सर गए । कहिल्यै फर्केर आएनन्।

अहिले यादव सर कहाँ होलान् ? जीवनको कुन गणितमा पुगे ?

एक मीठो सम्झना यादव सर ।

यो लेखबाट पनि अब यादव सर गए । अब सुरु हुन्छ ! शीर्षकको मुख्य कथा । ‘डटपेन’

***

‘डटपेन’ भन्दा अगाडि बिर्खेलाई थोरै जान्नु जरुरी छ । 

बिर्खे कक्षा दुईको बलियो केटो हो । अरु ६ जना केटाकेटीभन्दा दुई गुणा छिप्पिसकेको । म पछिको सेकेन्ड दादा । सबलाई कुट्न सक्ने । मलाई छुन नसक्ने । कारण यादव सर मेरो घरमा बस्छन्। 

***

बाँसको कलम जस्तो सस्तो थिएन लिट भएको डटपेन । त्यसको मूल्य थियो । त्यसको यात्रा थियो, कटारी र गाईघाटदेखि ठानागाउँ पोखरीसम्म । त्यसको सम्बन्ध थियो बेला–बेला बेचिने एक–दुई पाथी कोदो, मकैसँग, गोठका खसी–बाख्रासँग । बाको पसिनासँग । आमाको दुःखसँग । त्यो विशेष थियो!

डटपेन मेरो हातमा राख्नुअघि बा भन्थे ‘डटपेन हराइस् भने गोदाइ खान्छस्।’

‘हुन्छ’ भन्ने भावको टाउको हल्लाउँथेँ। 

जब मेरो हातमा पहिलो पटक डटपेन पर्‍यो, आफ्नो कमिजमा लागेको सिँगानको टाटा बिर्सिएर कक्षा एकका फुच्चेहरुलाई सिँगाने देखेँ।

खुट्टा जमिनमा भएको निश्चित गर्न खुट्टा छामेँ । दुई हात मेरा पखेटा हैनन् भनेर पत्याउन केही क्षण कप्टी बनेँ। 

कमिजको खल्तीमा भिरेको डटपेन देखेर छिमेकीले ‘कालेले पनि डटपेन भिर्न थालिस् ? अब चकचक नगरी राम्ररी पढ्’ भनून् भन्ने लाग्यो । तर, छिमेकीले यति बोल्न पनि लोभ गरे। 

स्कुलमा देखाउने दादागिरी छिमेकीलाई देखाउन सकिनँ । लुरे बनेर बाटोमा लुरुलुरु बढेँ। 

कहिलेकाहीँ ओभरडोजेज मतुवाले छादे झैं डटपेनको लिटले पनि मसी छाद्थ्यो । कमिजको खल्तीमा मसी लतपतिन्थ्यो । बाटामा भेटिने बटुवाले मेरो कमिजमा डटपेन छ भन्ने थाहा पाउँथे, तर केही बोल्दैन थिए । म उनीहरुले अवश्य थाहा पाए भन्ने सुनिश्चिततामा रमाउँथेँ। 

यादव सरले मलाई कक्षा २ को मध्यभागसम्म पुर्‍याए।

मेरा साथीले क, ख सिक्नुअघि नै सिकेछन् बदलाको भाव । जानेछन् रिसको गोदाम राख्न।

अब खेलमा झेली गर्ने पालो उनीहरुको।

मेरो कापी च्यात्ने पालो उनीहरुको। 

निथ्रिँदै गरेको कुवाको पानी पिउने अन्तिम पालो मेरो। 

‘जा यादव सरलाई भन्दे, तोरीबारी खन्दे’, खूब लय मिलाएर संयुक्त स्वरमा चुनौती दिन्थे। 

साथीहरु बलिया थिए । स्कुलदेखि घरसम्मको दूरी टाढा भएकाले उनीहरु बलिया हुनु जरुरी थियो । मेरो घर–स्कुलको दूरी कम थियो । म बलियो हनु जरुरी थिएन। 

बलिया साथीहरुमध्येको पनि बलियो साथी बिर्खे कक्षाको डन नम्बर वान भयो । म डन नम्बर लास्ट भएँ । यादव सर गइसकेपछि मेरो हातबाट सबै शक्ति हराइसकेको थियो। 

भकुन्डो खेल्दा पहिले मलाई र त्यसपछि भकुन्डो हान्ने तागत राख्थ्यो बिर्खे। 

एकदिन कक्षामा बिर्खेले नयाँ शब्द लिएर स्कुल आयो। 

त्यो दुर्गम गाउँ, जहाँ नुन हिँडेर दाल–तरकारीसम्म आउथ्यो । जहाँ वर्षमा एकाध पटक नयाँ कमिज हिँडेर ज्यानसम्म आउँथ्यो । चाडपर्व लाहुरेको काँधमा चढेर गाउँसम्म आउँथ्यो। 

बिर्खेले उल्का गर्यो्, ‘जादु’ भन्ने शब्द कमिजको खल्तीमा हालेर स्कुल आयो। 

‘हेर, अब तिमारुलाई जादु देखाउँछु।’

‘जादु भनेको के हो बिर्खे ?’

‘आकाशमा उड्ने प्लेन जस्तो हो । हेर्दाहेर्दै बिलाउँछ।’

(प्लेन आकाशमा उडेको थुप्रै पल्ट देखेका थियौं । जुन उड्दाउड्दै आकाशमै बिलाउँथ्यो । उसबेला बिर्खेले दाम्मी कुरो बुझायो । बा मोरो अहिले कवि पो भयो कि !)

स्कुलको गारो ढुंगा–माटोको थियो । मुसा हामीले जस्तो नपढे पनि कक्षाकोक्षामा हामीसँगै बस्थ्यो । आफ्नो लागि सानदार ‘प्वाल घर’ बनाएको थियो।

तिनै प्वालतिर देखाउँदै बिर्खेले भन्यो, ‘मैले कटारी गएर जादु सिकेर आको छु । प्वालको मुखमा डटपेन राख । म मन्त्र फुक्छु । तिमारु आँखा बन्द गर । मन्त्र नसकी आँखा खोलिस् भने तँहरु मर्छस्!’

बिर्खेले मन्त्र फुक्यो । हामीले आँखा चिम्लियौं ।

बिर्खेले मन्त्र फुकिसक्यो । हामीले आँखा खोल्यौं । दुलोमा डटपेन बिलायो। 

त्यो दिन जादुको चर्चा भयो । बिर्खेले उल्का गर्यो  । डटपेन दुलोले खायो। 

जम्मा चार जनाको डटपेन दुलोमा बिलायो । (कक्षामा जम्मा सात जना ! तीमध्ये चार जना मात्र डटपेनको धनी । बाँकी तीन जनासँग थिएन । डटपेन नबोकी स्कुल आएकोमा पहिलो घन्टीमै मास्टरसापको धुलाइ भेटिसकेका । बिर्खे त आफैं जादुघर भइहाल्यो।)

भोलिपल्ट पनि बिर्खेले जादु गर्योँ । डटपेन दुलोमा बिलायो । बिर्खेले उल्का गर्योट । मैलै घरमा धोबीधुलाइ खाएँ।

अरु–अरुले बिर्खेको जादुमा भाग लिएनन् । मलाई बिर्खेको जादुमा रुचि बढ्यो । आफूभित्रको रुचि मार्न बडो कष्ट ! घरमा धोबीधुलाइ भेटिन्छ भन्ने थाहा छ, तर मैले जादुमाथिको रुचि घट्न दिइनँ, बढाएँ।

‘मलाई’नि सिका न बिर्खे जादु ! म विनम्र बिन्ती बिसाउँथेँ। 

‘भोलि सिकाउँछु । आज तेरो डटपेन जादुमा थाप’, सधैं यसै भन्थ्यो। 

उसले मलाई एकान्तमा लिएर जान्थ्यो । मन्त्र फुक्थ्यो । म आँखा चिम्लिन्थेँ । डटपेन बिलाउँथ्यो। 

(बिर्खे चलाख रहेछ । खुबै चलाख ! बा अहिले नेता पो भयो कि !)

दिनैपिच्छे डटपेन कहाँ हरायो ?

यसको उत्तर मैले घरमा बक्नुपर्छ । नबके बाँसको सिर्कनाले बकाउँछ । 

एकदिन मैले बाको अघि बकेँ ! तर, ठीक उल्टो बकेँ। 

‘डटपेन अर्जुनले चोर्छ ।’ मैले हेप्न सक्ने अब एकै जना मात्र बाँकी यही अर्जुन हो। 

दिनैपिच्छे छोरो डटपेन चोराउँछ । बा हैरानी बोकेर हेडमास्टरकोमा पुगे । बिन्ती बिसाए, ‘अर्जुन नामको केटोले मेरो छोराको डटपेन चोरेर हैरान बनायो । कारबाही गरी पाऊँ माडसा’ब!’

बाको किटानी जाहेरीसहितको बिन्तीमा हेडमास्टरले कुनै अनुसन्धान गरेनन् । खुंखार  अपराधी समातेको पुलिसको हुलियामा उत्रिए ।

***

तर, बिर्खेले जादु गर्न छाडेन । अर्जुन स्कुल आएन । ऊ नआउँदा पनि मुसाको दुलोमा मेरो डटपेन बिलाउन छाडेन। 

एकदिन यादव सर जसरी नै बिर्खे पनि स्कुल छाडेर कालेबुङतिर गयो भन्ने सुनियो । मैले जादु सिकिनँ।

अर्जुन फेरि स्कुल आयो। 

म सधैंको लागि त्यो स्कुल छाडेर मधेसको स्कुल झरेँ। 

***

कहाँ–कहाँ डुलिघुमी आइयो । कति दुश्मन कति मित्र कमाइयो।

अर्जुन र म असल छमेकी भएका छौं अचेल।

अहिले पनि हामी डटपेनको किस्सा जोडिरहन्छौं । हाँसिरहन्छौं । 

ओ प्रिय–अप्रिय बिर्खे

दुश्मन–अदुश्मन बिर्खे

साथी–असाथी बिर्खे

तँ जीवनको कुन गणित बाँचिरहेको छस् ?

कहाँ छस् ?

बनिस् कि सहिद 

बनिस् कि अपराधी 

बनिस् कि खराब 

बनिस् कि असल ?

अब तँसँग बदला लिनु केही छैन 

अब तँसँग गर्न मीठो बात पनि केही छैन 

अब तँसँग नगर्न तीतो बात पनि केही छैन। 

तँलाई मीठो सम्झना बिर्खे।

कहीँ कतै भेट्टियौं भने, जसरी कक्षामा मुसाले दुलो बनाएको थियो, त्यसैगरी आफूभित्र एक–एक दुलो खन्दैखन्दै गएर ठ्याक्कै तैंले र मैले खेल्ने झेली खेलसम्म पुगौंला। 
तैंले देखाउने डटपेनको जादुसम्म पुगौंला र एक–अर्कालाई चिनौंला। 

मीठो सम्झना बिर्खे !

ट्‌विटर @rashayans

प्रकाशित मिति: शनिबार, असोज २८, २०७४  ०५:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रास्वपा सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भेटवार्ता
मानवअधिकार आयोगको प्रतिवेदनबारे ओलीले के भने ?
नेतृत्व विवादप्रति राप्रपाभित्र चर्को असन्तुष्टि, एकता र जिम्मेवारीबारे ज्ञानेन्द्र शाहीले उठाए प्रश्न
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
रास्वपा सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भेटवार्ता बुधबार, जेठ २०, २०८३
मानवअधिकार आयोगको प्रतिवेदनबारे ओलीले के भने ? बुधबार, जेठ २०, २०८३
नेतृत्व विवादप्रति राप्रपाभित्र चर्को असन्तुष्टि, एकता र जिम्मेवारीबारे ज्ञानेन्द्र शाहीले उठाए प्रश्न बुधबार, जेठ २०, २०८३
सम्पत्ति छानबिन आयोग नमान्ने र बयान पनि नदिने ओलीको घोषणा बुधबार, जेठ २०, २०८३
प्रतिनिधि सभा निर्वाचनपछि कम्युनिस्ट आन्दोलनले ठुलो चुनौती भोगेको पौडेलको भनाइ बुधबार, जेठ २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
करिब ५५ लाख रुपैयाँ लुकाएर मलेसिया जान लागेका एयरलाइन्सका एक कर्मचारी पक्राउ मंगलबार, जेठ १९, २०८३
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? मंगलबार, जेठ १९, २०८३
एक खेल अगावै नेपाल एसियन गेम्समा छनोट मंगलबार, जेठ १९, २०८३
रास्वपाले भन्यो : सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिले नेपाललाई अझ बलियो बनायो मंगलबार, जेठ १९, २०८३
काँग्रेस संसदीय दलका नेता तथा सुदूरपश्चिमका मुख्यमन्त्रीलाई दलको नेताबाट हटाउन अविश्वास प्रस्ताव दर्ता मंगलबार, जेठ १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि शुक्रबार, जेठ १५, २०८३
एमएमएमा रवीन्द्रको ऐतिहासिक जित, रोड टु यूएफसीको सेमिफाइनलमा बिहीबार, जेठ १४, २०८३
अमेरिकाले इरानलाई पठायो सम्झौताको सुरुवाती ड्राफ्ट बुधबार, जेठ १३, २०८३
सन्दीप, दीपेन्द्र र कुशल लंका प्रिमियर लिगमा अनुबन्धित सोमबार, जेठ १८, २०८३
अर्थमन्त्रीले पनि भने– सबैले इन्डक्सन चुलो बाल्ने र इलेक्ट्रिक गाडी चढ्ने हो भने देशभर विस्फोट हुन्छ आइतबार, जेठ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्