धनगढी– दोस्रो पटकसम्म सञ्चालनको प्रयास गर्दा पनि सुदूरपश्चिम प्रदेशको प्रदेशसभा बैठक बस्न नसकेपछि सूचना टाँस गरी स्थगित गरिएको छ।
_x000D_
_x000D_
मंगलबार दुई पटकसम्म बैठक बोलाइएपनि प्रतिपक्षसँग सहमति नजुटेको भन्दै सूचना टाँस गरी स्थगित गरिएको हो। असोज १४ गतेको प्रदेशसभा बैठकमा प्रदेशको स्थायी राजधानीका विषयमा असहमति जनाउँदै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र राजपाले नाराबाजी गरेपछि आज(मंगलबार) दिउसो १ बजेसम्मका लागि स्थगित गरिएको थियो।
_x000D_
_x000D_
मंगलबार प्रदेश सांसदहरु दिउँसो १ बजेभित्रै प्रदेशसभा भवन प्रवेश गरेपनि प्रतिपक्षले अवरोध गर्ने संकेत पाएपछि सहमतिका लागि भन्दै ३ बजे सारिएको सचिवालयले सूचना टाँस गर्यो। त्यसबीचमा प्रतिपक्षी र सत्तापक्षसँग सहमतिका लागि सभामुखले प्रयास गरे पनि सहमति जुटेन।
_x000D_
_x000D_
दिउँसो ३ बजे फेरी सचिवालयले अर्को सूचना टाँस गरी असोज १७ गते बुधबार दिउँसो १ बजे सम्मका लागि बैठक स्थगित भएको जानकारी गराइएको थियो।
_x000D_
_x000D_
असोज १२ गते शुक्रबारको प्रदेशसभा बैठकले दुई तिहाई बहुमतका आधारमा ७ नम्बर प्रदेशको स्थायी राजधानी कैलालीको गोदावरी र नाम ‘सुदूरपश्चिम’ राख्ने निर्णय गरेको थियो। त्यसदिनको बैठक पनि प्रतिपक्षी कांग्रेस र राजपाले बहिस्कार गरेका थिए।
_x000D_
_x000D_
प्रतिपक्षले बहिस्कार गरेपनि सभामुखले बैठकको प्रकृया अघि बढाउँदै दुई तिहाईका साथ स्थायी राजधानी र नाम घोषणा गरेका थिए। प्रतिपक्ष दलले भने एक जना प्रतिपक्षी सांसद पनि सहभागी नभएको संसद बैठक लोकतान्त्रिक मूल्यमान्यता विपरित रहेको भन्दै प्रदेशसभा बैठक अवरोध गर्दै आएको छ।
_x000D_
_x000D_
स्थायी राजधानी धनगढीबाट नजिकै मानव बस्ती नभएको जंगल गोदावरीमा सारेको भन्दै धनगढीका स्थानीय पनि आन्दोलनमा छन्। धनगढीका स्थानीयले दुई दिन आमहडताल समेत गरेका थिए। हाल भने चाडपर्व नजिकिएको भन्दै आमहडताल स्थगित गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।