• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
संगीत

भब्य दर्शक सहभागिता माझ नेपथ्यको एडिलेड कन्सर्ट सम्पन्न

64x64
नेपाल लाइभ आइतबार, चैत १०, २०८१  ०९:१८
1140x725

अस्ट्रेलिया – कार्यक्रम अन्तिम लहरतिर पुगेको थियो । गितारवादक नीरज गुरुङले एउटा धुन निकालेका मात्र के थिए, दर्शकले भेउ पाइहाले । हलभरि खचाखच सिंगो भीडले समुद्रको लहरजस्तै हल्लिएर दोहोर्‍याउन थाल्यो, ‘जोगले हुन्छ भेट, मायाले हुन्छ सम्झना ।’ यो क्रम एक मिनेटसम्मै चल्यो ।

‘दिस इज अमेजिङ (यो गजब भइरहेको छ),’ १७ वर्षदेखि एडिलेड बस्दै आएका राजु पौडेल उपाध्याय भनिरहेका थिए, ‘यस सहरमा कुनै नेपाली कार्यक्रम हुँदा हलभित्र यति धेरै भिड र यस्तो भव्य मुड मैले कहिल्यै देखेको थिइनँ ।’ पछि स्वयं गायक अमृत गुरुङले यो गीत गाउँदा पनि उनको आवाजभन्दा चर्को स्वर दर्शककै सुनिन्थ्यो ।

06-Nepathya's-performance-at-the-Hindley-Music--Hall-in-Adelaide.-Photo---Dipit-Raz-1742700735.jpg
 

विद्युत वितरण सम्बन्धी स्थानीय निकायमा प्रिन्सिपल इन्जिनियर रहेका राजुलाई यस दृश्यले झन् उत्तेजित बनाइरहेको थियो । पचासवर्षे उनी घरी भीडभित्र पसेर नाच्थे त घरी छेउमा आएर साथीहरूसँगै ताली बजाउन थाल्थे ।

कुनै समय बेलायती साम्राज्यकै रानीको नाम दिएर व्यवस्थित बसोबास गराइएको सुन्दरतम सहर एडिलेडमा नेपथ्य शुक्रबार साँझ प्रस्तुत भएको थियो । यस वर्षको अस्ट्रेलिया यात्राको पाँचौं कन्सर्ट नेपथ्यले एडिलेडमा गरेको हो । यस सहरमा नेपथ्य उभिएको पनि यो पाँचौंपटक नै हो । यसअघि दुईपटक प्रस्तुत भएकै ‘हिन्डले स्ट्रिट म्युजिक हल’ मा यसपटक कार्यक्रम गरिएको थियो ।

साँझ ७ बजे हलका ढोका खुला गरिए पछि दर्शकको सुविधालाई ध्यानमा राखेर ठिक ८ः३० बजे कन्सर्ट सुरु भएको थियो । दर्शकले भरिभराउ हलभित्र पहिलो गीत ‘कोशीको पानी’ प्रस्तुत हुनासाथ दर्शक नाच्न थालिसकेका थिए । दर्शकले स्वरमा स्वर मिलाउने र नाच्ने क्रम झन्‌ बढ्दै गएको थियो ।

‘आज मार्च २१ अर्थात् सद्भाव दिवसको अवसरमा म तपाईंहरूलाई अनुरोध गर्न चाहन्छु,’ गायक अमृतले नेपथ्यको दोस्रो एल्बमबाट सर्वकालिक हिट ‘छेक्यो छेक्यो’ सुनाइसकेपछि भने, ‘संसारभरिका मानिसले भरिएको यस देशमा तपाईंहरू मिलनसार भई बसिदिनुहोला ।’      

मञ्चमा कलाकारले प्रस्तुति दिइरहँदा नेपाली दर्शक उफ्रेर गाइरहेको, नाचिरहेको देखिनु सामान्य भइहाल्यो । शुक्रबार भने कहिल्यै नेपाल नपुगेका अस्ट्रेलियन वृद्ध दम्पती पनि कन्सर्टको प्रारम्भदेखि अन्त्यसम्मै झुमेर नाचिरहेका थिए । हलको माथिल्लो तलामा उनीहरू नाचेको देखेर छेउछाउका पनि रमाइरहेका थिए ।

Ncell 2
Ncell 2
nimb
nimb

08-Nepathya-frontman-Amrit-Gurung-in-Adelaide.-Photo---Dipit-Raz-1742700735.jpg
 

ती दम्पती थिए, एडिलेड सहरभन्दा एक घण्टा परको बस्ती गोलामा बसोबास गर्दै अवकाशप्राप्त जीवनको आनन्द लिइरहेका एन्ड्रयु र पेन । ‘यस हलमा म आइरहने दर्शक हुँ । सबै कन्सर्टको इमेल मलाई आउँछ,’ पेनले भनिन्, ‘यसपटक नेपालको प्रस्तुति छ भन्ने थाहा पाएपछि हामी दुवैले हेर्ने निधो गर्‍यौं ।’
एन्ड्रयु र पेनका अनुसार करिब तीन दशकअघि एडिलेडमा धेरै मुलुकको सामूहिक सांगीतिक प्रस्तुति राखिएको थियो । त्यतिबेला नेपालबाट पनि लोकगीत प्रस्तुत गर्न कुनै कलाकार आएका रहेछन् ।

‘त्यतिखेर आफ्ना साना बच्चाहरूसहित आएका हामी नेपाली गीत सुनेर खुबै रमाएका थियौं, नेपाली संगीतमा रमाउने मौका पाएको यो दोस्रो पटक हो,’ उनीहरूले थपे, ‘यस ब्यान्डले लोकगीतमा आधारित रक संगीतमा प्रस्तुत गर्ने गरेको छ भन्ने थाहा पाउनासाथ हामी हौसिएर आएका हौं ।’
कन्सर्ट सकिने बेलातिर फेरि प्रश्न गर्दा उनीहरूको जवाफ थियो, ‘नेपथ्य गज्जबै राम्रो फ्युजन गाउने टिम रहेछ । एडिलेडमा नेपालीको संख्या बढ्दै गएको देखे पनि कोहीलाई साथी बनाएका थिएनौं । अब नेपाली साथी पनि बनाउने र छिट्टै नेपाल जाने सोचेका छौं ।’

एडिलेडमा तेस्रोपटक नेपथ्यलाई निम्त्याएका स्थानीय आयोजक गगन गिरी पनि शुक्रबार साँझको माहोलले असाध्यै रमाएका देखिन्थे । ‘यस सहरमा सबैभन्दा धेरै दर्शक नेपथ्यकै लागि जम्मा हुने गरेका छन्,’ उनी भन्दै थिए, ‘अघिल्लोपटक आफैंले बनाएको सर्वाधिक दर्शकको रेकर्ड पनि नेपथ्यले नै तोड्ने गरेको छ ।’

Xtrem

Xtrem

यस सहरमा दशक अघिसम्म केवल २५ सय नेपालीभाषी रहेकामा हाल झन्डै १० हजार हाराहारी छन् । त्यसमा पनि आधाजस्तो संख्या पछिल्लो समय पुनर्वास गराइएका भुटानी शरणार्थीको छ । आयोजक गगन स्वयं पनि पुनर्वास गराइएका भुटानी शरणार्थी परिवारका हुन् । उनको यो संलग्नता र कार्यक्रममा दर्शकको उपस्थितिले एडिलेडमा नेपाली र भुटानी नेपालीभाषी कसरी मिलेर बसेका छन् भन्ने संकेत पनि गर्थ्यो ।

05-Audience-react-to-Nepathya-concert-in-Adelaide.-Photo---Dipit-Raz-1742700697.jpg
 

मञ्चमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए । कलाकारको यो टिमबाहेक व्यवस्थापक र प्राविधिकको १४ सदस्यीय टोली यात्रारत छ ।

एडिलेडपछि नेपथ्य भिक्टोरिया राज्यको राजधानी मेलबर्नतर्फ लाग्नेछ । आगामी मार्च २४ मा त्यहाँस्थित ‘फेस्टिभल हल’ मा प्रस्तुति हुनेछ । त्यसपछि अन्तिम शो गर्न सिड्नीतर्फ लाग्नेछ ।

पृथ्वीको दक्षिणी गोलार्द्धमा रहेको सहर सिड्नीस्थित ‘होर्डन पभिलियन’ मा मार्च २९ र ३० मा कन्सर्ट हुनेछ । सुरूमा मार्च २९ को साँझका लागि मात्र कन्सर्ट राखिएकामा तीन साताअघि नै टिकट ‘सोल्ड आउट’ भएपछि दर्शकको चाहनालाई सम्मान गर्दै शो थपिएको हो । मार्च ३० को प्रस्तुति लगत्तै ब्यान्ड स्वदेश फिर्नेछ ।

सबै सहरमा कार्यक्रमका जानकारी सहित अनलाइन बुकिङ लिंकको लागि दर्शकले नेपथ्यको आधिकारिक वेबसाइट  www.nepathya.com.np  मार्फत् जानकारी पाउन सक्नेछन् ।

प्रकाशित मिति: आइतबार, चैत १०, २०८१  ०९:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल
सम्बन्धित सामग्री
रिमा श्रेष्ठको ‘चुलबुले नानी’मा आशिष अविरल र रचना रिमालको स्वर आशिष अविरलकै संगीत रहेको गीतलाई ऊर्जावान लोक–नृत्य शैलीमा तयार गरिएको छ। गीत सार्वजनिक भएसँगै यसको भिडियोले सामाजिक सञ्जालमा चर्चा प... सोमबार, असोज १२, २०८३
‘जलाकी’को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगर निर्देशित सिनेमा ‘जलाकी’ को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक भएको छ। शनिबार, असोज १०, २०८३
लोकप्रिय गायक कुलेन्द्र विश्वकर्मा र देवी घर्तीको ‘जुनतारा’ सार्वजनिक (भिडियो) भिडियोमा प्रकाश सपुत र रेवा गिरीको आकर्षक नृत्य देख्न सकिन्छ। गीतको छायांकन दिनेश पराजुलीले गरेका हुन् भने उत्पादन व्यवस्थापन दिनेश... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह सोमबार, असोज १९, २०८३
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
घाटामा कांग्रेस : ४ वर्षको आम्दानी २५ करोडभन्दा बढी , खर्च ३४ करोड माथि सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्