• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक ९, २०८३ Mon, Oct 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
संगीत

भब्य दर्शक सहभागिता माझ नेपथ्यको एडिलेड कन्सर्ट सम्पन्न

64x64
नेपाल लाइभ आइतबार, चैत १०, २०८१  ०९:१८
1140x725

अस्ट्रेलिया – कार्यक्रम अन्तिम लहरतिर पुगेको थियो । गितारवादक नीरज गुरुङले एउटा धुन निकालेका मात्र के थिए, दर्शकले भेउ पाइहाले । हलभरि खचाखच सिंगो भीडले समुद्रको लहरजस्तै हल्लिएर दोहोर्‍याउन थाल्यो, ‘जोगले हुन्छ भेट, मायाले हुन्छ सम्झना ।’ यो क्रम एक मिनेटसम्मै चल्यो ।

‘दिस इज अमेजिङ (यो गजब भइरहेको छ),’ १७ वर्षदेखि एडिलेड बस्दै आएका राजु पौडेल उपाध्याय भनिरहेका थिए, ‘यस सहरमा कुनै नेपाली कार्यक्रम हुँदा हलभित्र यति धेरै भिड र यस्तो भव्य मुड मैले कहिल्यै देखेको थिइनँ ।’ पछि स्वयं गायक अमृत गुरुङले यो गीत गाउँदा पनि उनको आवाजभन्दा चर्को स्वर दर्शककै सुनिन्थ्यो ।

06-Nepathya's-performance-at-the-Hindley-Music--Hall-in-Adelaide.-Photo---Dipit-Raz-1742700735.jpg
 

विद्युत वितरण सम्बन्धी स्थानीय निकायमा प्रिन्सिपल इन्जिनियर रहेका राजुलाई यस दृश्यले झन् उत्तेजित बनाइरहेको थियो । पचासवर्षे उनी घरी भीडभित्र पसेर नाच्थे त घरी छेउमा आएर साथीहरूसँगै ताली बजाउन थाल्थे ।

कुनै समय बेलायती साम्राज्यकै रानीको नाम दिएर व्यवस्थित बसोबास गराइएको सुन्दरतम सहर एडिलेडमा नेपथ्य शुक्रबार साँझ प्रस्तुत भएको थियो । यस वर्षको अस्ट्रेलिया यात्राको पाँचौं कन्सर्ट नेपथ्यले एडिलेडमा गरेको हो । यस सहरमा नेपथ्य उभिएको पनि यो पाँचौंपटक नै हो । यसअघि दुईपटक प्रस्तुत भएकै ‘हिन्डले स्ट्रिट म्युजिक हल’ मा यसपटक कार्यक्रम गरिएको थियो ।

साँझ ७ बजे हलका ढोका खुला गरिए पछि दर्शकको सुविधालाई ध्यानमा राखेर ठिक ८ः३० बजे कन्सर्ट सुरु भएको थियो । दर्शकले भरिभराउ हलभित्र पहिलो गीत ‘कोशीको पानी’ प्रस्तुत हुनासाथ दर्शक नाच्न थालिसकेका थिए । दर्शकले स्वरमा स्वर मिलाउने र नाच्ने क्रम झन्‌ बढ्दै गएको थियो ।

‘आज मार्च २१ अर्थात् सद्भाव दिवसको अवसरमा म तपाईंहरूलाई अनुरोध गर्न चाहन्छु,’ गायक अमृतले नेपथ्यको दोस्रो एल्बमबाट सर्वकालिक हिट ‘छेक्यो छेक्यो’ सुनाइसकेपछि भने, ‘संसारभरिका मानिसले भरिएको यस देशमा तपाईंहरू मिलनसार भई बसिदिनुहोला ।’      

मञ्चमा कलाकारले प्रस्तुति दिइरहँदा नेपाली दर्शक उफ्रेर गाइरहेको, नाचिरहेको देखिनु सामान्य भइहाल्यो । शुक्रबार भने कहिल्यै नेपाल नपुगेका अस्ट्रेलियन वृद्ध दम्पती पनि कन्सर्टको प्रारम्भदेखि अन्त्यसम्मै झुमेर नाचिरहेका थिए । हलको माथिल्लो तलामा उनीहरू नाचेको देखेर छेउछाउका पनि रमाइरहेका थिए ।

Ncell 2
Ncell 2
nimb
nimb

08-Nepathya-frontman-Amrit-Gurung-in-Adelaide.-Photo---Dipit-Raz-1742700735.jpg
 

ती दम्पती थिए, एडिलेड सहरभन्दा एक घण्टा परको बस्ती गोलामा बसोबास गर्दै अवकाशप्राप्त जीवनको आनन्द लिइरहेका एन्ड्रयु र पेन । ‘यस हलमा म आइरहने दर्शक हुँ । सबै कन्सर्टको इमेल मलाई आउँछ,’ पेनले भनिन्, ‘यसपटक नेपालको प्रस्तुति छ भन्ने थाहा पाएपछि हामी दुवैले हेर्ने निधो गर्‍यौं ।’
एन्ड्रयु र पेनका अनुसार करिब तीन दशकअघि एडिलेडमा धेरै मुलुकको सामूहिक सांगीतिक प्रस्तुति राखिएको थियो । त्यतिबेला नेपालबाट पनि लोकगीत प्रस्तुत गर्न कुनै कलाकार आएका रहेछन् ।

‘त्यतिखेर आफ्ना साना बच्चाहरूसहित आएका हामी नेपाली गीत सुनेर खुबै रमाएका थियौं, नेपाली संगीतमा रमाउने मौका पाएको यो दोस्रो पटक हो,’ उनीहरूले थपे, ‘यस ब्यान्डले लोकगीतमा आधारित रक संगीतमा प्रस्तुत गर्ने गरेको छ भन्ने थाहा पाउनासाथ हामी हौसिएर आएका हौं ।’
कन्सर्ट सकिने बेलातिर फेरि प्रश्न गर्दा उनीहरूको जवाफ थियो, ‘नेपथ्य गज्जबै राम्रो फ्युजन गाउने टिम रहेछ । एडिलेडमा नेपालीको संख्या बढ्दै गएको देखे पनि कोहीलाई साथी बनाएका थिएनौं । अब नेपाली साथी पनि बनाउने र छिट्टै नेपाल जाने सोचेका छौं ।’

एडिलेडमा तेस्रोपटक नेपथ्यलाई निम्त्याएका स्थानीय आयोजक गगन गिरी पनि शुक्रबार साँझको माहोलले असाध्यै रमाएका देखिन्थे । ‘यस सहरमा सबैभन्दा धेरै दर्शक नेपथ्यकै लागि जम्मा हुने गरेका छन्,’ उनी भन्दै थिए, ‘अघिल्लोपटक आफैंले बनाएको सर्वाधिक दर्शकको रेकर्ड पनि नेपथ्यले नै तोड्ने गरेको छ ।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यस सहरमा दशक अघिसम्म केवल २५ सय नेपालीभाषी रहेकामा हाल झन्डै १० हजार हाराहारी छन् । त्यसमा पनि आधाजस्तो संख्या पछिल्लो समय पुनर्वास गराइएका भुटानी शरणार्थीको छ । आयोजक गगन स्वयं पनि पुनर्वास गराइएका भुटानी शरणार्थी परिवारका हुन् । उनको यो संलग्नता र कार्यक्रममा दर्शकको उपस्थितिले एडिलेडमा नेपाली र भुटानी नेपालीभाषी कसरी मिलेर बसेका छन् भन्ने संकेत पनि गर्थ्यो ।

05-Audience-react-to-Nepathya-concert-in-Adelaide.-Photo---Dipit-Raz-1742700697.jpg
 

मञ्चमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए । कलाकारको यो टिमबाहेक व्यवस्थापक र प्राविधिकको १४ सदस्यीय टोली यात्रारत छ ।

एडिलेडपछि नेपथ्य भिक्टोरिया राज्यको राजधानी मेलबर्नतर्फ लाग्नेछ । आगामी मार्च २४ मा त्यहाँस्थित ‘फेस्टिभल हल’ मा प्रस्तुति हुनेछ । त्यसपछि अन्तिम शो गर्न सिड्नीतर्फ लाग्नेछ ।

पृथ्वीको दक्षिणी गोलार्द्धमा रहेको सहर सिड्नीस्थित ‘होर्डन पभिलियन’ मा मार्च २९ र ३० मा कन्सर्ट हुनेछ । सुरूमा मार्च २९ को साँझका लागि मात्र कन्सर्ट राखिएकामा तीन साताअघि नै टिकट ‘सोल्ड आउट’ भएपछि दर्शकको चाहनालाई सम्मान गर्दै शो थपिएको हो । मार्च ३० को प्रस्तुति लगत्तै ब्यान्ड स्वदेश फिर्नेछ ।

सबै सहरमा कार्यक्रमका जानकारी सहित अनलाइन बुकिङ लिंकको लागि दर्शकले नेपथ्यको आधिकारिक वेबसाइट  www.nepathya.com.np  मार्फत् जानकारी पाउन सक्नेछन् ।

प्रकाशित मिति: आइतबार, चैत १०, २०८१  ०९:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एनआरएन नेताहरूले नेपाल सरकारलाई गरे डीएनए किट हस्तान्तरण
मन्त्रीलाई भेट्न जनता आउने हैन, जनतालाई भेट्न मन्त्री जानुपर्छः मन्त्री रावल
स्थानीय तहका उम्मेदवार कार्यकर्ताको डिजिटल मतदानबाट छानिने, पहुँचका आधारमा टिकट नदिइने
सम्बन्धित सामग्री
आसाममा प्रमोद खरेल र ‘परम्परा ब्यान्ड’को सांगीतिक धमाका लोखरामा स्थानीयले असमिया संस्कृतिको प्रतीक ‘गम्छा’ र  पाली समुदायले ‘ढाका टोपी’ लगाएर कलाकारलाई स्वागत गरेका थिए । स्वागतबाट भावुक ब... सोमबार, कात्तिक ९, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' गीत लेख्ने समयमा पाकिस्तानको कारगिलमा लडाइँ चलिरहेको थियो । भारत–पाक यो युद्धमा धेरै नेपालीले ज्यान गुमाए। ‘रेडियोमा नेपालीको मृत्यु... बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो दशैं को आगमन हुनासाथ यो गीत गाउँघर वा सहरबजारमा गुन्जन थाल्छ। दशैं आएको आभास पछिल्लो २ दशकदेखि यो गीतले पनि दिन थालेको छ। यो गीत फि... बुधबार, कात्तिक ४, २०८३
ताजा समाचारसबै
एनआरएन नेताहरूले नेपाल सरकारलाई गरे डीएनए किट हस्तान्तरण सोमबार, कात्तिक ९, २०८३
मन्त्रीलाई भेट्न जनता आउने हैन, जनतालाई भेट्न मन्त्री जानुपर्छः मन्त्री रावल सोमबार, कात्तिक ९, २०८३
स्थानीय तहका उम्मेदवार कार्यकर्ताको डिजिटल मतदानबाट छानिने, पहुँचका आधारमा टिकट नदिइने सोमबार, कात्तिक ९, २०८३
आठ शहरमा फ्लडलाइटसहित क्रिकेट रंगशाला बनाउने सरकारको योजना सोमबार, कात्तिक ९, २०८३
कांग्रेसका नवनिर्वाचित पदाधिकारी र सदस्यको शपथग्रहण कात्तिक १२ मा सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कहाँ छन् रवि लामिछाने? आइतबार, कात्तिक ८, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
खगेन्द्रले स्वीकार गरेनन् विवादित अडियो : थप प्रमाण खोज्दै रास्वपा, अडियो परीक्षणको तयारी आइतबार, कात्तिक ८, २०८३
आज मौसम सफा रहने, बिहीबारदेखि हिमपात र वर्षाको सम्भावना सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्