काठमाडौं– प्रतिनिधिसभाको राज्य व्यवस्था समितिकी सभापति शशि श्रेष्ठले तेस्रो पटक संसदीय समितिको समाचार संकलनमा रोक लगाएकी छन्। नेपाली सेनाको आर्थिक कारोबार सम्बन्धी जानकारी बाहिर आउने भन्दै सभापति श्रेष्ठले पत्रकारलाई समितिको छलफलबाट बहिर निकालेकी हुन्।
_x000D_
_x000D_
शशि श्रेष्ठ सभापति भएपछि पत्रकारलाई बैठकमा प्रवेश नदिइएको यो तेस्रो पटक हो। यसअघिका बैठकहरुमा पत्रकारलाई निर्बाध प्रवेश दिइन्थ्यो।
_x000D_
_x000D_
मंगलबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा पत्रकारलाई रोक लगाएको हो। सोमबार गृह सम्बन्धीको छलफलमा पनि सञ्चारकर्मीलाई रोक लगाएको थियो। मंगलबार प्रहरीको मुख्यालयको गतिविधि बारेमा समितिमा छलफल भएको थियो।
_x000D_
_x000D_
बैठकमा रक्षा मन्त्रालय र सेनाका आर्थिक गतिविधि र प्रशासनिक कामबारे बुझ्नका लागि समितिले कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, रक्षा सचिव विष्णु लम्साल, प्रधानसेनापति पूर्णचन्द्र थापा लगायत सेनाका उच्च पदस्थ अधिकारीहरुलाई बोलाएको थियो। समाचार संकलन गर्न गएका पत्रकारलाई बैठक सुरु भएलगत्तै बाहिरिएर सहयोग गर्न राज्य व्यवस्था तथा सुशासन सभापति शशि श्रेष्ठले आग्रह गरेकी थिइन्। ‘संवेदनशील विषयमा छलफल भइरहेकोले तपाईंहरु बाहिर गएर सहयोग गरिदिनुस्,’ उनले भनिन्।
_x000D_
_x000D_
विगतमा रक्षा र गृह सम्बन्धी कुनै पनि छलफलमा सञ्चारकर्मीलाई रोक लगाएको थिएन। यसअघि सुडान घोटाला, हातहतियार सम्बन्धी छलफलमा समेत पत्रकारलाई निर्बाध रुपमा समाचार संकलन गर्न दिइएको थियो। समितिको जिम्मेवारी श्रेष्ठले सम्हालेयता बैठकमा पत्रकारलाई रोक लगाउँदै आएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।