एजेन्सी- करार अवधि सकिए पनि दक्षिण कोरियामा गैरकानुनी काम गरिरहेका विदेशी कामदारलाई सरकारले देश छाड्न ६ महिनाको समयसीमा दिएको छ। गैरकानुनी ढंगबाट बसिरहेका ३ लाख ३५ हजारभन्दा बढी प्रवासीलाई आगामी सोमबारबाट वैधानिक हुन आग्रह गर्दै देश फर्किन ६ महिनाको समय तोकिएको छ।
_x000D_
_x000D_
उक्त समयसीमाभित्र वैधानिक नभए वा स्वदेश नफर्किएमा त्यस्ता कामदारलाई १० वर्षसम्म कोरिया प्रवेशमा रोक लागाउनेसम्मको सजाय दिन सक्ने कोरियाको न्याय मन्त्रालयलाई उद्धृत गर्दै 'द कोरियन टाइम्स’ले समाचार प्रकाशन गरेको छ।
_x000D_
_x000D_
मन्त्रालयका अनुसार राहदानीको अवधि सकिए पनि लुकिछिपी कोरियामै बसेर काम गर्ने कामदारको संख्या बढ्दै गएको छ।
_x000D_
_x000D_
न्याय मन्त्रालय अन्तर्गत खोज तथा प्रवर्तन विभागका अनुसार कोरियामा अवैधानिक ढंगले सन् २०१६ मा २ लाख ८ हजार ९७१ गैरकानुनी प्रवासी रहेका थिए। २०१७ मा यो संख्या बढेर २ लाख ५१ हजार ४१ पुगेको थियो। यस्तै यसै वर्षको अगष्ट महिनासम्म यो संख्या थपिई ३ लाख ३५ हजार ४५५ पुगेको तथ्यांक सार्वजनिक गरिएको छ।
_x000D_
_x000D_
गैरकानुनी तरिकाले काम गर्दै आएका कामदारका कारण त्यहाँ रोजगारी सन्तुलन बिग्रिँदै गए पनि सरकारी अधिकारीहरुले देश निकाला गर्न सकेको स्थिति छैन। सरकारी अधिकारीहरुले निर्माणस्थल, बार र प्रवासीहरुले काम गर्ने अन्य स्थलको अवलोकन गरे पनि वार्षिक ३० हजारभन्दा बढीलाई देश निकाला गर्न सकेको छैन।
_x000D_
_x000D_
आप्रवासी विभागका अनुसार काम गर्ने ठाउँमा गएर पुलिसले गरेको धरपकड असफल भएपछि गैरकानुनी रुपमा रहेका प्रवासीलाई अतिरिक्त समय प्रदान गरिएको हो।
_x000D_
_x000D_
कोरियाका न्यायमन्त्री पार्क सान किले थाइल्याडका श्रममन्त्री अब्दुल संगसिग्कोसँग दक्षिण कोरियाको राजधानी सियोलमा भेट्ने क्रममा उक्त कुरा बताएका हुन्। सान किले थाइल्याडको गैरकानुनी प्रवासी कोरियामा बढ्दै गएको विषयमा थाई समकक्षीसँग चासो व्यक्त गरेका थिए। उनले थाइल्याडलाई अनधिकृत रुपमा कोरियामा प्रवासी पठाउने एजेन्टलाई प्रक्रिने विषयमा सहमति गर्न आग्रह गरेका छन्।
_x000D_
_x000D_
न्यायमन्त्री पार्क सानले कोरियामा अनधिकृत रुपमा प्रवासी पठाउने देशमा थाइल्याड, रसिया, काजकिस्तान लगायतका देश रहेको भन्दै यस विषयमा कोरियले हेक्का राखेको बताएका छन्। उनले गैरकानुनी प्रवासी पठाउने देशसँगको कूटनीतिक सम्बन्धमा दरार उत्पन्न हुन सक्ने चेतावनी दिएका छन्।
_x000D_
_x000D_
कोरियामा करिब २ हजारको संख्यामा अवैधानिक नेपाली कामदार रहेको सरकारी अनुमान छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।