• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज १३, २०८३ Tue, Sep 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

स्वस्थ रहने सजिलो सूत्रः ए, बी, सी, डी, ई

64x64
नेपाल लाइभ सोमबार, फागुन २६, २०८१  ०८:०८
1140x725

नेपाली भाषामा बिरामी शब्द बिरामबाट बनेको हो। अर्थात् कही न कही, केही न केही, जानअन्जानमा बिराम (गल्ती) गरे/भए पछिको अस्वस्थतालाई बिरामी भनिएको हो।

स्वस्थ रहने सबैको चाहना हुन्छ। तर, स्वास्थ्य भन्ने कुरा शरीरमा रोग नहुनु मात्र होइन भन्ने कुरा कमैलाई थाहा होला।

गुणस्तरीय जीवनको पहिलो आधारस्तम्भ हो स्वास्थ्य। जुन जैविक, वातावरणीय, सामाजिक, भावनात्मक तथा आध्यात्मिक जस्ता तत्वहरुको समुचित अन्तर्क्रियाबाट निर्धारित हुन्छ। अर्थात् व्यक्ति र व्यक्तिसँग उपलब्धस्रोत–साधनबीचको सन्तुलित अन्तर्क्रियाले स्वास्थ्य निर्धारण गर्छ।

स्रोत–साधनअन्तर्गत व्यक्तिको आर्थिक अवस्था, पोषिलो खाना, स्वच्छ पानी, स्वास्थ्य सेवा, व्यवस्थित यातायातमा पहुँच, परिवार र समुदायसँगको सम्बन्ध एवं व्यक्तिगत ज्ञान / जनचेतना आदि पर्दछन्।

यति धेरै पाटो हेर्दा स्वस्थ रहने कुरा निकै कठिन लाग्न सक्छ। किनभने माथि उल्लिखित सबै तत्वहरु सधैंभरी सन्तुलित नरहन सक्छ। त्यसमाथि धेरैजसो स्वास्थ्यको निर्धारक तत्व व्यक्तिगत नियन्त्रणभन्दा बाहिरका हुन्छन्।

यिनै कठिनाइलाई सम्बोधन गर्न मानवीय तथा सामुदायिक स्वास्थ्य कायम गर्ने जिम्मेवारीलाई अन्तर्राष्ट्रिय, राष्ट्रिय, सामुदायिक, पारिवारिक हुँदै परिवारको सानो इकाई मानिने व्यक्तिगत स्तरसम्म बाँडिएको छ।

स्वास्थ्य व्यक्तिगत सम्पत्ति हुने भएकोले व्यक्तिगत जिम्मेवारीकै कुराअगाडि आउँछ। विश्व स्वास्थ्य संगठनले आमनागरिकलाई सम्झन सजिलो हुने गरी स्वस्थ रहने सूत्र जारी गरेको छ, त्यो हो– ए, बी, सी, डी, ई।

नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फागुन महिनाभरी नसर्ने रोगहरुको स्क्रिनिंग कार्यक्रम मार्फत  आम  जनसमुदायको स्वास्थ्य प्रबर्द्धन गर्ने काम गरिरहेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

के हो – ए, बी, सी, डी, ई?

ए: एभोइड अल्कोहल

सानादेखि ठूला, सुखद र दुःखद् जस्तोसुकै अवसरलाई बहाना बनाएर मदिरा पिउने चलन हामीकहाँ नयाँ हैन। क्षणिक रमाइलोका लागि मदिराजन्य पदार्थको सहारा लिने यही बानी हाम्रो स्वास्थ्यको लागि घातक भइरहेको पत्तो पाउँदैनौं। त्यसैले मदिरा पिउने बानीलाई आजैदेखि नियन्त्रण गर्नुस्।
रक्सी सेवनले शरीरका अंगलाई पुर्या उने क्षति र व्यक्तिगत उत्पादकत्वमा ल्याउने ह्रासको हिसाबकिताब गर्नुस्। टोल र बस्तीलाई हैन, आ–आफ्नो घरलाईनै मदिरामुक्त क्षेत्र घोषणा गर्नुस्।

मदिरा सेवनले मुटु तथा मिर्गौलाको रोग, क्यान्सर, मधुमेह आदिको जोखिम बढाउँछ। यी रोगबाट बच्ने उपाय अपनाउनु भनेको आफ्नो आर्थिक बचतका साथै राज्यको निःशुल्क स्वास्थ्य सेवामा लाग्ने आर्थिक भार कम गर्नु पनि हो।

Xtrem

Xtrem

बी: बि फिजिकल्ली एक्टिभ

बढ्दो आर्थिक सम्पन्नताले हाम्रो दिनचर्या आलस्यपूर्ण बन्दै गएको छ।त्यसले रोगलाई निम्ता दिइरहेको हुन्छ। यसैले टेबल वर्कले शारीरिक निस्क्रियता नल्याओस् भन्नेतर्फ सचेत हुनुस्।

शारीरिक रुपमा सक्रिय भएमा धेरैजसो रोग बाट बच्न सकिन्छ। यसैले दैनिकबिहान योग प्राणायामलाई जीवनमा समावेश गर्नुस् र मधुमेह, उच्च रक्तताप  जस्ता दीर्घरोगहरु टाढा रहनुस्।

सीः कट डाउन साल्ट एन्ड सुगर

बढी नुन र मसालेदार खानेकुरा हाम्रो शरीरले धान्न सक्दैन। अत्यधिक नुन पाइने बजारका प्याकिङ खानेकुरा र गुलियो सफ्ट ड्रिंक्स सकेसम्म सेवन नगर्नुस्। विश्वव्यापी रुपमा अब सफ्ट ड्रिंक्सको बोतलमा पनि चुरोटको बट्टामा जसरी क्यान्सरको चेतावनीको चित्र राख्नेबारे बहस हुन थालेको छ।
महामारी जसरी फैलिरहेको मधुमेह रोगको एउटा कारक सफ्ट ड्रिंक्स हुन सक्ने कुरा अनुसन्धानले संकेत गरेको छ।

डीः डन्ट युज टोबाको प्रडक्ट्स

विश्वमा मृत्यु हुने हरेक १० जनामा एक जनाको मृत्यु सुर्तीजन्य पदार्थको सेवनले हुने गरेको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ। नेपालमा प्रतिवर्ष करिब बाइस हजार जना क्यान्सरका रोगी भेटिने गरेका छन्।

तपाईं ती बाइस हजार जनाभित्र पर्न चाहनुहुन्न भने धूमपान त्याग्नुस्। तपाईंले धूमपान गर्दा छेउको व्यक्तिलाई पनि असर गर्ने भएकाले परिवारका सदस्यलाई दिनदिनै कति असर परेको होला भन्ने ख्याल गर्नुस्।

सरकारले जारी गरेको धूमपान मुक्त सार्वजनिक ठाउँहरुको सम्मान गर्दै सभ्य नागरिकको परिचय दिनुस् र आफ्नो घरलाई पनि धूम्रपान मुक्त क्षेत्र बनाउनुस्।

इ: इट प्लेन्टी अफ भेजिटेबल्स एन्ड फ्रुट्स

राम्रो स्वास्थ्यको आधार राम्रो खानपान नै हो। मौसम अनुसारको उपलब्ध भएसम्मको हरिया सागपात, फलफूल खाने गरौं।
‘हरेक बार खाना चार’ लाई (१. अन्न तथा कन्दमुल २. गेडागुडी ३. हरियासागपात–फलफूल र ४. दूध, दही, अण्डा, माछा, मासुमध्ये एक) हरेक छाकमा समावेश गरौं।

अन्त्यमा, 
स्वास्थ्य आफैँमा बहुनिर्धारक तत्व हो। नेपाली समाजमा अझै पनि रोग लाग्ने प्रमुख कारणहरुमा अस्वस्थकर बानीबेहोरा नै प्रमुख रहेको देखिन्छ।
व्यक्तिगत, पारिवारिक तर्फबाट ‘रोग लाग्नै नदिन’ निम्नलिखित केही सामान्य उपायहरु अपनाउन सकिन्छ। यी सामान्य लाग्ने उपायहरुको फाइदा जान्न कुनै वैज्ञानिक खोज, शोध र अनुसन्धान नै पढ्नुपर्छ भन्ने छैन। अनुभूति गरेर पनि जान्न सकिन्छ।

१) साबुन पानीले हात धुनुहोस्

चर्पी प्रयोग गरिसकेपछि, खाना बनाउनु र खानु–खुवाउनु अघि, काम गरेर आएपछि साबुुन पानीले अनिवार्य हात धुनुहोस्। धेरै रोगबाट बच्न सक्नुहुन्छ।

२) प्रयाप्त सुत्नुहोस्

दिनमा कम्तिमा ७ देखि ९ घन्टा सुत्नु आवश्यक छ। अनिद्राका कारण मधुमेह, उच्च रक्तचापलगायत मानसिक समस्या निम्तिन सक्छ  । जुवा, तास, मोजमस्तिकालागि निद्रा नबिगार्नुहोस्।

३) नियमित व्यायाम गर्नुहोस्

बिहान केहि समय योग, प्रणायाम, व्यायामका लागि छुट्टयाउनुहोस्। यसले तन्दुरुस्ती र तौल नियन्त्रण दुबै हुन्छ।

४) प्राकृतिक जडिबुटी

हाम्रो घर वरिपरी उब्जिने सम्पूर्ण वनस्पति हाम्रै लागि प्रकृतिले डिजाइनगरेको छ। अदुवा, तुलसी, लसुन, मरिच, हल्दी, एलोवेरा, कागती, मह, अमला उपलब्ध भएसम्मसेवन गर्नुहोस्।

५) पर्याप्त पानी पिउनुहोस्

६) सन्तुलित आहार लिनुहोस्

आहार शरीरको कच्चा पदार्थ हो। अन्न, फलफूल, मौसम अनुसारको रंगीन सागसब्जी, दही, मही, सलाद आदी खाने गर्नुहोस्। सामान किन्न पर्याप्त जानकारी लिनेगरे जस्तै मुखमा आहार हाल्नु अघि स्वस्थकर भए नभएको बिचार गर्ने गरौं।

७) तनावमुक्त रहनुहोस्

दैनिक हास्नुहोस् र हसाउनुहोस। आवश्यक्ता भन्दा बढी चिन्ता, रिस, डरनलिनुहोस्। यसले शरीरलाई निकै हानी गर्छ। परिवारलाई समय दिनुहोस् रमनोरञ्जन पनि गर्नुहोस्।

८) सकारात्मक बन्नुहोस्

जिवनको हरेक घटनामा नकारात्मक र सकारात्मक पक्ष हुन्छन्। जिनवका हरेकक्षणलाई सकारात्मक बनाउनु होस्। सकारात्मक सोचाईले सफलता र स्वस्थता दुबै मिल्छ।

९)  सरसफाइ

व्यक्तिगत, सामुदायिक, घर-अफिस सबैतिर पर्याप्त सरसफाइ सुनिश्चित गर्नुहोस्। पर्यावरण जोगाऔं र आफू पनि बाँचौं।

१०) स्वास्थ्य शिक्षा

स्वास्थ्य सम्बन्धि जनचेतना मुलक कुराहरु विभिन्न माध्यमहरु (रेडियो, टेलिभिजन, पत्रपत्रिका, इन्टरनेट, स्वास्थ्यकर्मी) बाट सिक्नुहोस् र त्यसलाई जिवनमा लागू गर्नुहोस्।

१२) परिवारसँग जोडिनुहोस्

पारिवारिक काममा सहभागि हुने, चासो लिने, योगदान दिने, छिमेकी–आफन्तसँग सम्बन्घ सुधार्ने, सहयोग लिनेदिने कार्यले मानसिक तथा सामाजिक स्वास्थ्य लाभ लिन सकिन्छ। यसले तपाई आनन्द पनि दिनेछ।

१३) स्वास्थ्य परीक्षण

संभव भए नियमित स्वास्थ्य परीक्षण गराउनुहोस्, नभए लक्षण देखिने बितिकैसुरुकै अवस्थामा चिकित्सकको परामर्श लिनुहोस्। 
उल्लेखित सम्पूर्ण कुराहरु दिनचर्यामा समावेश गरेर जो कसैले पनि आफ्नो रोग प्रतिरोधात्मक शक्ति बलियो बनाउनुका साथै समय, पैसा, ऊर्जाको बचत गरेर निरोगी जीवनको आनन्द लिन सक्छ। रोग लाग्दै, लाग्दैन भन्ने होइन तर ठूलो आर्थिक क्षति गराउने अनि ज्यानै जोखिममा पार्न सक्ने रोगहरुबाट धेरै हदसम्म बच्न सकिन्छ।

(राय मध्यपुर थिमी नगरपालिका अन्तर्गत जनस्वास्थ्य निरिक्षक पदमा कार्यरत छन्।)


 

प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१  ०८:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
सरकारले भन्यो– चोलेन्द्र शम्शेरलाई पक्राउ गरेको होइन
सम्बन्धित सामग्री
के कुकुरले पनि मान्छेले बोलेको शब्द पहिचान गर्न सक्छ ? कुकुरले मानिसको निरन्तर बोलीलाई शब्दको लयअनुसार प्रशोधन गर्न सक्ने र त्यस क्रममा व्यञ्जन ध्वनिमा आधारित शब्द संरचनाप्रति विशेष प्रति... सोमबार, असोज १२, २०८३
के तपाई मधुमेहका बिरामी हुनुहुन्छ ? ख्याल गर्नुस् अनि यस्तो गल्ती नगरौं मधुमेहका बिरामीले औषधिभन्दा धेरै खानपानमा ध्यान दिन जरुरी हुन्छ। मधुमेह भएपछि शरीरले इन्सुलिन हर्मोन ठीकसँग बनाउन वा यसको उपयोग गर्न... आइतबार, असोज ११, २०८३
नेपालमा क्यान्सर उपचार राम्रो छैन भन्ने बुझाइ गलत हो, सबैखाले उपचार सम्भव छ : डा. झा नेपालमा क्यान्सरको जोखिम न्यूनीकरणका लागि नियमित स्वास्थ्य परीक्षण तथा क्यान्सर स्क्रिनिङलाई प्राथमिकता दिनुपर्ने काठमाडौं क्यान्सर... आइतबार, असोज ११, २०८३
ताजा समाचारसबै
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
सरकारले भन्यो– चोलेन्द्र शम्शेरलाई पक्राउ गरेको होइन मंगलबार, असोज १३, २०८३
पूर्व प्रधानन्यायाधीश राणाको पक्राउप्रति मानव अधिकारकर्मी र नागरिक समाजको आपत्ति मंगलबार, असोज १३, २०८३
गणेश पराजुली संसदीय विशेष समितिकाे सभापति बन्ने निश्चित मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
दुर्गा प्रसाईं भक्तपुरस्थित निवासबाट पक्राउ सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्