काठमाडौं– थाई एरवेजले ३८ सय किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा मुछिएका आफ्ना कर्मचारीलाई मुद्दा दायर भएको चार महिनापछि सेवाबाट हटाएको छ।
_x000D_
_x000D_
जिल्ला अदालत मोरङको आदेशले पुर्पक्षका लागि थुनामा रहेका सात कर्मचारीलाई एयरवेजले असोज ५ बाट लागू हुनेगरी अवकाश दिएको एरवेजले जनाएको छ। अवकाश पाउनेमा हेमन्त गौतम, गोपाल कुमार श्रेष्ठ, वीरेन्द्रमान श्रेष्ठ, दोराम खत्री, बालकृष्ण श्रेष्ठ, लालबहादुर मगर र कपिल राज पुरी छन्।
_x000D_
_x000D_
मोरङ जिल्ला अदालतले अधिकांश प्रतिवादीहरुलाई धरौटीमा रिहा गर्न अस्वीकार गरेको थियो। जेठ ८ गते जिल्ला अदालतले उनीहरुलाई थुनामा पठाउने आदेश गरेको थियो। जिल्ला अदालतको आदेशविरुद्ध उनीहरुले उच्च अदालत विराटनगरमा निवेदन दिएकाे भए पनि उक्त मुद्दामा केही दिनदेखि पेसी चढ्दै हट्दै आएको छ।
_x000D_
_x000D_
एयरवेजले सुन चोरी पैठारी तथा कर्तव्य ज्यान मुद्दामा थुनामा रहेको अवधि ९० दिनभन्दा बढी भइसकेकाले प्रचलित श्रम ऐनअनुसार अवकाश दिइएको जनाएको छ। श्रम ऐन २०७४ को दफा १३४(६) अनुसार रोजगारदाता आफैँले उजुरी दिई थुनामा रहेको अवस्थामा बाहेक प्रचलित कानुनबमोजिम थुनामा रहेको अवस्थामा निलम्बन ९० दिनभन्दा बढी भएको अवस्थामा सेवाबाट अवकाश दिनसक्ने व्यवस्था छ।
_x000D_
_x000D_
उच्च अदालत विराटनगरबाट दिवेश लोहनीसहित तीन प्रहरी अधिकृतहरु भने साधारण तारेखमा रिहा भएका छन्। अन्यको निवेदन उच्च अदालतमा सुनुवाइकै क्रममा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।