नयाँ दिल्ली (एजेन्सी)– पेशाले फेसन डिजाइनर तथा पूर्व अभिनेत्री निना गुप्ताकी छोरी मसाबाले सामाजिक सञ्जालमा पटाका प्रतिबन्धको समर्थन गरेकी छिन्। तर, उनले दिपावलीको समयमा पटाका प्रतिबन्धको समर्थन गरे बापत गाली गलौज खेप्नुपरेको छ।
वेस्ट इन्डिजका पूर्व क्रिकेटर भिभियन रिचर्ड्सकी छोरी मसाबालाई सामाजिक सञ्जालमा ‘नाजायज वेष्ट इन्डियन’ भनेर गाली गर्नेको भीड छ।
तर, मसाबाले आफूमाथि भएको दुव्र्यवहार वेवास्था गरेकी छिन्। अझ, उनले खुलापत्र लेखेर यसको उत्तर दिएकी छिन्। सामाजिक सञ्जालमा उनको पक्षमा बोल्नेहरु पनि नदेखिएका भने होइनन्। उनको पक्षमा कवि तथा आमआदमी पार्टीका नेता कुमार विश्वास, लेखक चेतन भगत, अभिनेता सिद्धार्थ मल्होत्रा लगायतले बोलेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।