काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले कुलमान घिसिङ व्यक्तिका कारण नभई भारतले विद्युत दिएका कारण नेपालबाट लोडसेडिङ अन्त्य भएको बताएका छन् । तत्कालीन समयमा नेपालको लोडसेडिङ अन्त्य गर्न बिजुली दिएकोमा भारतलाई धन्यवाद दिनुपर्ने उनले बताए ।
बिहीबार प्रतिनिधिसभा बैठकमा मन्त्री खड्काले त्यो समय भारतबाट सहजरुपमा विद्युत आपूर्तिका साथै मुलुकमा विधुत आयोजनाबाट थप विधुत उत्पादन भएकाले लोडसेडिङ अन्त्य भएको बताए ।
साथै उनले समयभित्र कार्यसम्पादन मूल्याङ्कन नबुझाएकाले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई शुन्य अंक दिनुपरेको बताएका छन् । उनले समयभित्र कार्यसम्पादन मूल्याङ्कन नबुझाएपछि मन्त्रालयले पत्रचार गर्दा कुलमानले आफैलाई नम्वर दिएर कार्यसम्पादन मूल्याङ्कन पठाएको तर्क गरे ।
मन्त्री खड्काले कुलमान घिसिङले सरकारलाई समेत नटेरेको भन्दै कानूनभन्दा माथि कोहि हुन नसक्ने धारणा राखे । आफु मन्त्रालयमा आएपछि कुलमानप्रति धेरै उत्साहित भएपनि अध्ययन गर्दै जाँदा धेरै कमजोरी देखिएको बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।