काठमाडौँ – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहको घरमा पुग्दा रमाइलो अनुभूति भएको बताएका छन् । जनतासँग माओवादी तराई–मधेस जागरण अभियानका क्रममा प्रचण्डसहितका नेता बिहीबार महोत्तरीस्थित बालेन शाहको पुर्ख्यौली घरमा पुगेका हुन् ।
एकडारा गाउँपालिका–२ मा रहेको बालेनको पुर्ख्यौली घरमा माओवादीले कार्यक्रम आयोजना गरेको थियो । हाल पालिका कार्यालय रहेको उक्त घरमा माओवादीले कार्यक्रम राखेको छ । ‘बालेन शाहको पुर्ख्यौली घर । उहाँको बा लगायत काकाहरूको घरमा हामी आइपुगेका छौ रमाइलो महसुस भएको छ’,प्रचण्डले कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘बालेनजीले पनि सुनिराख्नुभएको होला । हामी सबै मिलेर देश बनाउनु छ ।’
अध्यक्ष प्रचण्डले अहिले एकथरी मानिसहरू जनताले ठुलो बलिदानी गरेर ल्याएको सङ्घीयता र संविधान उल्ट्याउने कसरत भइरहेको भन्दै त्यसलाई माओवादीले रोक्ने बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।