काठमाडौं – रास्वपाका सांसद शिशिर खनालले संसद सचिवालयले दुई युट्युवरको पास निलम्बन गरेकोप्रति असन्तुष्टि जनाएका छन् ।
उनले भने, ‘केही दिनअघि सत्तापक्षको सांसदले निर्वाचन जितेर आएको मान्छे पनि हिटलर हुन सक्छ ? र भनेर प्रश्न सोध्नुभएको थियो । संसद सचिवालयलाई सचेत गराउनुभएको थियो । आज निलम्बनको खबर आयो ।’
उनले १९३० को जर्मनीको इतिहास पढ्न आग्रह गर्दै हिटलर बन्दूकको नालबाट नभएर चुनाव जितेरै आएको बताए । उनले प्रधानमन्त्रीविरुद्ध बोल्छ कहिले मान्छे कुट्ने कहिले जेल हालेकोप्रति असन्तुष्टि जनाउँदै प्रधानमन्त्रीलाई तपाईं हिटलर बन्दै हो ? भनेर प्रश्न गरे । सांसद खनालले संसद निरन्तर सत्ताको छाया बन्दै गएको आरोप लगाए । उनले सन् १९३० को जर्मनीको इतिहास पढ्न पनि सुझाव दिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।