काठमाडौँ - काठमाडौँमा राष्ट्रिय प्रजातन्त्र पार्टीले बृहत प्रदर्शन गरेको छ । राजतन्त्रको पुनर्बहाली हुनुपर्ने मागसहित राप्रपाले आज बृहत जनप्रदर्शन गरेको हो ।
राष्ट्रिय झाण्डासहित ‘राजा आउ, देश बचाउ’ लगायतका नाराहरु सहित राजा समर्थकहरु सडकमा ओर्लिएका छन् । प्रदर्शनमा १९ सय बढीको सहभागितामा मोटरसाइकल र्याली समेत आयोजना गरिएको राप्रपाले जनाएको छ । काठमाडौँका विभिन्न स्थानबाट र्याली सुरु गरिएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।