काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अध्यादेश कुनै हालतमा पास नहुने बताएका छन् । दुई तिहाइका सरकारले अध्यादेश ल्याउनु अलोकतान्त्रिक अभ्यास भएको टिप्पणी गर्दै केही अध्यादेश कुनै हालतमा पास नहुने बताएका छन् ।
नेपालगञ्ज विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै दुई तिहाइको अहंकार गर्ने सरकारले सदन खुल्नुअघि नै अध्यादेश ल्याउनु गलत भएको टिप्पणी गरे । अध्यक्ष प्रचण्डले अध्यादेश पास गराउन करोडौँको चलखेल हुन थालेको आफूले सुनेको बताए । ‘अध्यादेश त पास हुने स्थिति मैले देखेको छैन । राष्ट्रियसभामा जसरी गएको छ त्यो हेर्दा पास हुने स्थिति छैन’, उनले भने, ‘अनेक हत्कण्डा अपनाएर पास गरेको भन्ने सुनिन्छ । करोडौँको चलखेल हुन थालेको छ भन्ने कुरा पनि आएको छ । तर जे जे भए पनि अध्यादेश पास हुने स्थिति छैन । केही अध्यादेश त पास हुँदैनन् नै ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।