काठमाडौं – नेपाली कांग्रेसले आफ्ना सांसदहरुलाई भोलि बस्ने संसद बैठकमा अनिवार्य उपस्थित हुन ह्विप जारी गरेको छ ।
भोलिको बैठकमा अध्यादेश पारित गर्नको लागि पेश गर्ने भएकाले कांग्रेसले पार्टीका सांसदहरुलाई अनिवार्य उपस्थित हुने निर्देशन दिएको हो । कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले बैठकमा अनिवार्य उपस्थित हुन सांसदहरुलाई जानकारी गराएको बताए ।
जसपा नेपालसँग भूमिबाहेक अन्य पाँच अध्यादेश निर्णयार्थ पेश गर्ने सहमति भएपछि सरकारले भोलि सदनमा पेश गर्दैछ । यस अघि भूमि अध्यादेश अस्वीकार गर्ने जसपा नेपालको निर्णयपछि सरकारले अध्यादेश निर्णयार्थ पेश गर्न ढिलाइ गरेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।