• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

एमाले पृथ्वी नारायण शाहको उत्तराधिकारी पार्टी हो – योगेश भट्टराई

64x64
नेपाल लाइभ आइतबार, फागुन १८, २०८१  १४:२०
1140x725

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा एमाले नेपालको एकीकरणकर्ता राजा पृथ्वीनारायण शाहको उत्तराधिकारी पार्टी भएको बताएका छन् । नेकपा एमाले दोलखा–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको वृहत् बनभोज, ल्होसार पर्वहरू र सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकमा एकीकरणको काम अझै बाँकी रहेको र त्यो कार्यभार पूरा गर्ने जिम्मेवारी एमालेले लिएको चर्चा गर्दै आफ्नो पार्टी एमाले पृथ्वी नारायण शाहको उत्तराधिकारी पार्टी भएको बताएका हुन् । पृथ्वी नारायण शाहको अगुवाइमा नेपालको भूगोलको एकीकरण भए पनि समग्रतामा नेपालको एकीकरणको काम अझै पनि सम्पन्न नभइसकेको उनको भनाइ छ ।

‘यो देशमा पृथ्वीनारायण शाहको अगुवाइमा नेपालको राष्ट्रिय भूगोलको एकीकरण भयो । हामीले एउटै देश नेपाल भनेर चिन्यौँ । समग्रतामा नेपालको एकीकरणको काम अझै पनि सम्पन्न भइसकेको छैन,’ सचिव भट्टराईले भने, ‘हाम्रा देशका सबै एक सय भन्दा बढी जाती–जनजातीलाई एकताबद्ध गर्ने, देशको गरिबी, पछौटेपन लगायत अन्य विभिन्न समस्याहरूलाई हल गर्ने, सिङ्गो नेपाललाई समतामुलक समाजको रुपमा स्थापित गर्ने, सामाजिक, लैंगिक र जातीय विभेद अन्त्य गर्ने, आर्थिक हिसाबबाट नेपालाई सम्पन्न बनाउने यो ऐतिहासिक अभिभारा नेपालको एकीकरणको दोस्रो भाग हो । त्यो दोस्रो भाग नेकपा एमालेको अगुवाइमा सम्पन्न हुनुपर्छ । नेकपा एमाले त्यस अर्थमा पृथ्वी नारायण शाहको पनि उत्तराधिकारी पार्टी हो ।’

आफूहरू पुनः भूगोलको एकीकरणतिर नजाने र आवश्यक पनि नभएको स्पष्ट गर्दै उनले भूगोलको एकीकरणले मात्रै देश अघि नबढ्ने बताए । विकास र समृद्धि नेकपा एमालेको अर्जुनदृष्टि रहेको र एमालेकै नेतृत्वमा देश समृद्ध बनाउने अठोट उनले व्यक्त गरेका छन् । यस्तै, उनले माओवादीको १० वर्षे युद्धले मुलुकको विकास र समृद्धि ५० वर्ष पछि धकेलिएको बताएका छन् । ‘५० को दशक नेपालको इतिहासमा अत्यन्तै कहालीलाग्दो अवस्था बन्यो । माओवादीले सुरू गरेको १० वर्षे हिंसाले हाम्रो देशलाई धेरै पछि धकेल्यो । अनुसन्धानहरूको रिपोर्टले पनि ती कुरालाई पुष्टि गरेका छन्,’ सचिव भट्टराईले भने, ‘माओवादीको हिंसाका कारण विकास र समृद्धिको हिसाबले नेपाल झण्डै ५० वर्ष पछि धकेलियो ।’

Ncell 2
Ncell 2
nimb
nimb

दलहरूले २०४६ सालपछि ४० को दशक निरङ्कुश राजतन्त्रको विरुद्धमा लडेको, ५० को दशक द्वन्द्वमा फसेको, ६० को दशकमा द्वन्द्वलाई शान्तिपूर्ण ढङ्गले अवतरण गरेको, ७० को दशकमा संविधान बनाइ सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेको र ८० को दशक विकास, समृद्धि र सामाजिक रुपान्तरणको दशकका रूपमा एमालेले अगवाइ गरिरहेको चर्चा उनले गरे ।

‘यो देशमा लोकतन्त्रका लागि हामीले लामो संघर्ष गर्‍यौँ । झण्डै सात दशक बितायौँ । शान्ति र हिंसात्मक आन्दोलनका अनेक रूपहरू हामीले भोग्यौँ । अब राजनीतिक अवस्था बदल्नु छैन,’ उनले भने, ‘अब जनताको अवस्था बदल्न विकास र समृद्धितर्फ सबैको ध्यान जान जरुरी छ ।’ वर्तमान व्यवस्थाप्रति कोही असन्तुष्ट भए पनि लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्रबाहेक अरु हुन नसक्ने चर्चा गर्दै उनले निरङ्कुश व्यवस्थाको परिकल्पना समेत गर्न नसकिने बताए । ‘हामी कुनै निरङ्कुश व्यवस्थाको अपेक्षा गर्दैनौँ । असन्तुष्टि राख्न पाउने अधिकार यो संविधानले दिएको छ । तर, नेपाल शान्तिपूर्ण तरिकाले प्रतिस्पर्धाको माध्यमबाट समस्याहरू हल गर्ने दिशामा अगाडि बढेको छ ।’

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

संविधान बनाउने लगायत विभिन्न काममा नेतृत्वदायी भूमिका निर्वाह गरेको एमालेले मुलुकको विकास र समृद्धिको पनि नेतृत्व गरिरहेको उनको भनाइ छ । ‘नेकपा एमाले यो देशमा राष्ट्रियताको पक्षमा असाध्यै मजबुत ढङ्गले उभिएको छ । संविधान बनाउने कुरामा सबै जातीको आत्मसम्मान हनुगेरी अगुवाइ गरेको छ । त्यस क्रममा पार्टी र नेतृत्वबाट केही कमजोरी भएका छन् भने सच्याउँदै जाने हो, अरु विकल्प सोच्ने बेला होइन,’ सचिव भट्टराईले भने ।

उनले अबको १०–१५ महिनापछि एमालेले सत्ता कांग्रेसलाई हस्तान्तरण गर्ने पनि बताएका छन् । तर, सत्ता कांग्रेसले सम्हाले पनि एमाले सरकारमै रहने र यही गठबन्धन सरकारले २०८४ सालमा निर्वाचन गराउने स्पष्ट गरे । सत्ता सञ्चालनमा कांग्रेससँग सहकार्य भए पनि निर्वाचनमा प्रतिस्पर्धा कांग्रेससँगै हुने उनले स्पष्ट गरेका छन् । सत्तासहकार्य भएका कारण निर्वाचनमा पनि गठबन्धन हुन्छ भनेर भ्रम नपाली पार्टीको काम गर्न नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।

प्रकाशित मिति: आइतबार, फागुन १८, २०८१  १४:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड
सम्बन्धित सामग्री
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान धादिङ र काठमाडौंलाई जोड्न निर्माण गरिएको सुरुङ संचालनसँगै सवारीको चापले देशैभर चर्चा पाइरहने नागढुंगा उकालोको जाम, सवारीको कोलाहल र... शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने मौसमविद् विनोद पोखरेलले सामाजिक सञ्जालमा लेख्दै आगामी बुधबारदेखि आइतबारसम्म हुने वर्षाका क्रममा केही स्थानमा २०० मिलिमिटरभन्दा बढी प... शनिबार, कात्तिक ७, २०८३
प्रचण्डको दाबी : नेपाल नयाँ भूराजनीतिक चलखेलको भूमरीमा विगतमा देशमा भएका राजनीतिक परिवर्तनमा आफ्नो पार्टीले महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै प्रचण्डले वर्तमान परिस्थितिमा थप गम्भीर... शनिबार, कात्तिक ७, २०८३
ताजा समाचारसबै
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार, कात्तिक ७, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्