• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, पुस १२, २०८२ Sat, Dec 27, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

पाल्पाका शिव मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो

64x64
नेपाल लाइभ बुधबार, फागुन १४, २०८१  १५:०९
1140x725

तानसेन –महाशिवरात्रिको अवसरमा पाल्पाका प्रसिद्ध धाम तथा शिव मन्दिरमा आज बिहानैदेखि श्रद्धालु भक्तजनको घुइँचो लागेको छ । तानसेनको नारायणस्थान, तिनाउको दोभान सिद्धबाबा मन्दिर, बगनासकालीको बराङ्दीस्थित महामृत्युञ्जय शिवासन, सिद्धबाबा धाम तानसेनको ठुटेपीपल बद्रेश्वर शिवालय, बतासेडाँडा, प्रभास, नारायणस्थान, दमकडा, रामपुरलगायतका शिवालय मन्दिरमा भगवान शिवको पूजाआजा तथा भजन कीर्तन गर्ने भक्तजनको घुइँचो लागेको हो ।   

तानसेनको ठुटेपीपलस्थित बद्रेश्वर शिवालयमा बिहान ३ बजेदेखि भक्तजनको घुइँचो लागेको छ । यहाँ तानसेन र आसपासबाट भक्तजन पुगेका छन् । यस्तै तिनाउ गाउँपालिका–३ दोभानस्थित सिद्धबाबा मन्दिरमा बिहानैदेखि भक्तजनको घुँइचो लागेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । 

सिद्धपुरुष भर्तृहरिको तपोभूमि तथा आदिमानव रामपिथेकसको विचरणस्थलका रूपमा परिचित सिद्धबाबा पुरातात्विक, धार्मिक एवं पर्यटकीय दृष्टिले महत्वपूर्ण भएकाले यहाँ श्रद्धालुको घुँइचो लागेको हो । भक्तजनले सहज रूपमा मन्दिरमा पूजा तथा दर्शन गर्नसक्ने व्यवस्था मिलाइएको छ । 

यहाँ बिहानदेखि नै मूल मन्दिर खुला गरिएको समितिका अध्यक्ष सन्तोष शेरचनले जानकारी दिए । उनका अनुसार यहाँ पाल्पासहित रुपन्देही, नवलपरासी, कपिलवस्तुका साथै छिमेकी मुलुक भारतबाटसमेत श्रद्धालु आएका छन् । मन्दिरमा दर्शन गर्न आउने भक्तजनको सहजताका लागि टोकन र निःशुल्क बसको व्यवस्थासमेत गरिएको उनले बताए ।

यस्तै महाशिवरात्री पर्वका अवसरमा बगनासकालीको बराङ्दीस्थित महामृत्युञ्जय शिवासनमा पनि पूजाआजा र दर्शन गर्नेहरूको घुँइचो लागेको छ । यता प्रभासमा पनि बिहानैदेखि भक्तजन लाइनमा बसेर पूजा गरिरहेका छन् । प्रत्येक वर्ष यहाँ रातभर भजनकिर्तन र धुनी जगाउनुका साथै बिहानैदेखि पूजाआजा गर्नेको घुइँचो लाग्ने गर्दछ ।  रासस

Ncell 2
Ncell 2

शिवरात्रिको दिनमा भगवान् शिवको पूजाआजा र भजनकीर्तन गर्ने, उपवास बसेमा मनको कामना पूरा हुने जनविश्वास रहँदै आएको छ । भगवान शिवलाई बेलपत्र, भाङ, धतुरो चढाउने परम्परा छ । हिन्दु धर्ममा ‘देवका पनि देव’ का रूपमा भगवान् शिवलाई पूजाआजा भजनकीर्तन गर्ने परम्परा रहेको छ । शिवको उत्पत्ति भएको दिनका रूपमा हिन्दूले शिवरात्रि पर्व मानाउँदै आएका पौराणिक कथन रहेको छ ।  

शिवरात्रिको प्रसाद वितरण 

जिल्लाको तानसेन नगरपालिका–३ भगवतीटोलस्थित अन्नपूर्ण होटलमा शिवरात्रि पर्वको प्रसाद वितरण गरिएको छ । पर्वको अवसरमा होटलले शिवरात्रिको प्रसाद वितरण गरेको हो । हरेक वर्षजस्तै यस वर्ष पनि प्रसाद वितरण गरिएको होटलले जनाएको छ । 

बाटोमा हिड्ने यात्रुदेखि शिवालय मन्दिरमा दर्शन गरी फर्कने दर्शानार्थीले प्रसाद ग्रहण गरिरहेका छन् । होटल सञ्चालक टिकाराम बस्यालले एक दश अघिदेखि शिवरात्रिका दिन प्रसाद वितरण गर्दै आएको बताउँदै सोही कार्यलाई निरन्तरता दिइएको उल्लेख गरे । भगवान् शिवप्रति आस्था राख्दै आएका बस्यालले शिवको पूजासँगै प्रसाद बाँड्ने गरेका छन् ।

उनले भारतको नयाँ दिल्लीमा रहँदा शिवरात्रिका दिन प्रसाद बाँड्ने गरेको भन्दै नेपाल आएपछि आफुुले पनि हरेक वर्ष शिवरात्रिकै दिन प्रसाद बाँड्ने परम्पराको थालनी गरेको बताए । उनले भने, “पहिले दिल्लीमा हुँदा त्यहाँ शिवजीको प्रसाद बाँड्ने गरेको देखेको थिएँ । मलाई शिवप्रति मनैदेखि अत्यन्त श्रद्धा जागेर आउछ । स्वदेश आएपछि हरेक वर्ष घर र होटलमा प्रसाद बाँड्ने गरेको छु ।”

बस्यालले शिवरात्रिका दिन पूजा, प्रसाद वितरण गर्नुका साथै विभिन्न शिवालय मन्दिर र आश्रममा पुगेर आर्थिक तथा खाद्यान्न समेत सहयोग गर्दै आएका छन् । उनले बाराङ्दीमा रहेको नारायणडाँडा शिवालय मन्दिरमा पूजा गर्दै आउनुभएका पूजारीका लागि तलब र पोसाक उपलब्ध गराउँदै आएका छन् । 

प्रकाशित मिति: बुधबार, फागुन १४, २०८१  १५:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेसका विशेष महाधिवेशन पक्षधरले बुझाए स्मरण पत्र
६ सिडिओसहित १३ सहसचिव तथा उपसचिवको सरुवा (सूचीसहित)
नवनियुक्त परराष्ट्रमन्त्रीले गरे पदभार ग्रहण
सम्बन्धित सामग्री
आज क्रिसमस डे मनाइँदै, देशभर सार्वजनिक बिदा आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई क... बिहीबार, पुस १०, २०८२
जुम्लामा ‘ठूली भैली’ शुरु कर्णालीमा पुस महिनामा सबैले सबै काम सकाएर बसिरहेको वेला सबै मिलेर रमाइलो गर्दै हिउँदको महिनामा ठूली भैलो खेल्ने चलन छ। औँसीदेखि पञ्च... सोमबार, पुस ७, २०८२
चाडपर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्छ : राष्ट्रपति प्रकृतिसँग अभिन्न सम्बन्ध रहेको किराँत समुदायको यस पर्वले नेपालका सबै जातजातिबीच आपसी सद्भाव अभिवृद्धि गर्नुका साथै पारिवारिक, सामुद... बिहीबार, मंसिर १८, २०८२
ताजा समाचारसबै
कांग्रेसका विशेष महाधिवेशन पक्षधरले बुझाए स्मरण पत्र शुक्रबार, पुस ११, २०८२
६ सिडिओसहित १३ सहसचिव तथा उपसचिवको सरुवा (सूचीसहित) शुक्रबार, पुस ११, २०८२
नवनियुक्त परराष्ट्रमन्त्रीले गरे पदभार ग्रहण शुक्रबार, पुस ११, २०८२
परराष्ट्रमन्त्री शर्माले लिए शपथ शुक्रबार, पुस ११, २०८२
‘प्रचण्ड’ र सञ्चार मन्त्री खरेलबीच भेटवार्ता शुक्रबार, पुस ११, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
ज्वागलबाट १२ घण्टापछि बाहिरिए बालेन बिहीबार, पुस १०, २०८२
बालेन र खगेन्द्र सुनारबीच भेटवार्ता, के भयो छलफल बिहीबार, पुस १०, २०८२
बालेन र डा. बाबुराम भट्टराईबीच के भयो छलफल ? बिहीबार, पुस १०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बंगलादेशमा कट्टरपन्थी भीड अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो आइतबार, पुस ६, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
६ वटा दल खारेज गर्ने आयोगको निर्णय, को–को परे? मंगलबार, पुस ८, २०८२
प्रधानमन्त्री निस्किएपछि राष्ट्रपतिसँग ओली, देउवा र प्रचण्ड पुनः छुट्टै छलफलमा मंगलबार, पुस ८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्