दमौली –महाशिवरात्रि पर्वका अवसरमा आज तनहुँका शिवमन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । व्यास नगरपालिका–३ स्थित शिव पञ्चायन मन्दिर, शुक्लागण्डकी नगरपालिका–२ स्थित मुक्तिनाथ च्वयनधाम, आँबुखैरेनीस्थित शिवालय मन्दिरलगायत शिवालयमा भक्तजनको घुइँचो लागेको हो ।
मुक्तिनाथ च्वयनधामस्थित शुक्लेश्वर महादेवको मन्दिरमा पूजाआरधना गरेपछि सन्तान नभएकालाई सन्तान प्राप्ति हुने जनविश्वासका साथ भक्तजन दर्शका लागि आउने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष होमनाथ लम्सालले जानकारी दिए ।
उनका अनुसार च्वयनधाममा निर्माण गरिएको शुक्लेश्वर महादेवको मन्दिर, वरपर निर्मित सूर्य नारायण, लक्ष्मी नारायण, दुर्गा भवानी र गणेशको मन्दिरले यहाँ आउने भक्तजनलाई आकर्षित गर्दछ ।
मन्दिरका साथै यहाँ मुक्तिनाथको झल्को दिने एक सय आठ धारा, एक सय आठ ओमकार कल्पवृक्ष, एक सय आठ शिवलिङ्ग, मोक्षकुण्ड, वृद्धाश्रम, पार्कलगायत संरचना निर्माण गरिएका छन् । बौद्ध धर्मावलम्बीलाई लक्षित गर्दै यहाँ बौद्ध गुम्बा निर्माण गरिएको छ । रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।