स्कोप्ज– म्यासेडोनियाका मतदाताले ग्रीससँग दशकौंदेखि रहेको विवाद सुल्झाउँदै आफ्नो मुलुकको नाम परिवर्तन गर्ने पक्षमा मतदान गरेका छन्।
_x000D_
_x000D_
आइतबारको जनमत सङ्ग्रहमा न्यून मतदान भएपनि बहुसंख्यक मतदाताले अलग्गै नाम राख्ने प्रस्तावमाथि मतदान गरेका थिए। यो मतदानसँगै म्यासेडोनियालाई नेटो र युरोपेली युनियनको सदस्यता प्राप्त गर्ने बाटो खुलेको छ।
_x000D_
_x000D_
निर्वाचन आयोगका अनुसार, मुलुकका ९३ प्रतिशत मतदानस्थलको मतगणना गर्दा ९१ दशमलब ३ प्रतिशतले म्यासेडोनियाको नाम उत्तरी म्यासेडोनिया राख्न सहमति जनाएका छन्। नाम परिवर्तन गर्नु हुँदैन भन्ने पक्षमा केवल ५ दशमलब ७ प्रतिशत मत आएको थियो।
_x000D_
_x000D_
म्यासेडोनियाका १८ लाख मतदातामध्ये करिब एक तिहाइले मात्र मतदान गरेका थिए।
_x000D_
_x000D_
मतदानको परिणाम सार्वजनिक भएसँगै ग्रीसको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा ग्रीस गत जुन महिनामा म्यासेडोनियासँग भएको सम्झौताप्रति प्रतिबद्ध रहेको बताएको छ। नाम परिवर्तन गरेमा म्यासेडोनियालाई नेटो र युरोपेली युनियनको सदस्यताका लागि सहयोग गर्ने ग्रीसले यसअघि नै प्रतिबद्धता व्यक्त गरिसकेको छ।
_x000D_
_x000D_
ग्रीसका प्रधानमन्त्री अलेक्सिस चिप्रासले म्यासेडोनियाका समकक्षीलाई टेलिफोन गरी सम्झौताको कार्यान्वयनलाई निष्कर्षमा पुर्याउन म्यासेडोनियाका प्रधानमन्त्रीको साहस र प्रतिबद्धताको प्रशंसा गरेका छन्।
_x000D_
_x000D_
अब म्यासेडोनियाको नाम परिवर्तनका लागि संसदको दुई तिहाइ मत आवश्यक पर्नेछ। साथै, यसलाई ग्रीसको संसदले समेत अनुमोदन गर्नुपर्नेछ। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।