काठमाडौं – राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) सरकारले काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नपठाएको भन्दै आपत्ति जनाएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै शाहीले गाउँ गाउँमा सिंह गयो दरबार गएन् भन्दै ओली सरकारबाट कसैको भलो नभएको टिप्पणी गरे ।
उनले भने, ‘अहिले काठमाडौंसहित धेरै पालिकामा प्रमुख प्रशासकीय अधिकृत सरकारले पठाएको छैन । शिक्षक, कर्मचारीदेखि काठमाडौंमा सरसफाइ गर्ने कर्मचारीले तलब खान पाएका छैनन् । ओली सरकारलाई त्यसको पाप लाग्ला ।’
उनले जुम्लामा पनि त्यही हालत रहेको बताए । उनले निजामती कर्मचारीलाई नेताको घरमा चाकडी गर्न र घरदैलो अभियान गर्न नियुक्त गरेको हो ? भन्दै प्रश्न गरे । उनले यदि सरकारले समयमै कर्मचारी स्थानीय तहमा नपठाउने हो भने आगामि दिनहरुमा निर्वाचन भन्दा पनि आफ्ना पार्टीका नेता कार्यकर्ताहरुलाई भर्ती गर्न चुनौती दिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।