काठमाडौं- कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले करसम्बन्धी अराजकता फैल्याउनेमाथि कडा कारबाही गर्ने चेतावनी दिनुभएको छ।
_x000D_
_x000D_
कार्यवाहक प्रधानमन्त्री पोखरेलले दोहोरो कर लिए त्यसविरुद्ध प्रतिकारमा उत्रन पनि निजी क्षेत्रका व्यवसायीहरुलाई आह्वान गरे। सोमबार ललितपुर उद्योग वाणिज्य संघको ३९औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले स्थानीय, प्रदेश र संघीय सरकारबीच कानुनको ठेगान नलागेकाले करसम्बन्धी अराजकता देखिएको उल्लेख गर्दै ती समस्या छिट्टै समाधान गर्ने आश्वासन दिए।
_x000D_
_x000D_
उनले सर्वसाधारणलाई मारमा पार्ने गरी सरकारले कर नलिने पनि स्पष्ट पारेका छन्।
_x000D_
_x000D_
नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले व्यवसायीहरु करको मारमा परेको भन्दै सरकारसँग गुनासो गरिन्। स्थानीय र प्रदेश सरकारले दोहोरो करको मारमा पारेपछि व्यवसायीहरु आतंकित हुनुपरेको भन्दै उनले कावा प्रधानमन्त्री पोखरेलको ध्याकर्षण गराइन्।
_x000D_
_x000D_
महासंघले करको दायरा बढाउन तर दोहोरो करको मारमा नपार्न सरकारलाई दबाब दिँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।