काठमाडौँ – प्रतिनिधिसभा सदस्य ध्रुवबहादुर प्रधानले भन्सार कार्यालयले जफत गरेका सामान समयमै लिलाम गरेर राजस्व सङ्कलन बढाउन सरकारको ध्यानार्कषण गराएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै सांसद प्रधानले राजस्व छलेर ल्याइएका सामानलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले जफत गरेको लामो समयसम्म पनि ती सामान लिलामी बिक्री नहुँदा खेर गइरहेको बताए ।
“महेशपुरमा रु ५० लाख बराबरको चिनी जम्मा भएको छ । समयमा लिलाम गर्न नसक्दा त्यसलाई नष्ट गर्न उल्टै रु पाँच लाख लाग्ने भयो”, उनले भने, “देशभरका अन्य भन्सारमा ट्रक, मोटरसाइकल लगायत सवारीसाधन खिया लागेको अवस्थामा छन् । सरकारको राजस्व खेर गइरहेको छ ।”
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।