काठमाडौं – उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आज (आईतबार)देखि अर्थ मन्त्रालयको नियमित काममा फर्किएका छन् । कीर्तिपुरस्थित बर्न अस्पतालमा दुई दिन उपचारपछि उनी डिस्चार्ज भएका थिए । त्यसपछि अत्यावश्यक काम भने निवासबाट गर्दै आएका थिए । भने आजबाट पूर्ण रुपमा कामको थालनी गरेका हुन् ।
फागुन ३ गते पोखरा महानगरपालिकाले आयोजना गरेको पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक घोषणाका क्रममा बेलुन विस्फोटमा परी उनी घाइते भएका थिए । उनी सहित पोखरा महानगरपालिकाका मयेर (प्रमुख) धनराज आचार्य पनि घाइते भएका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।