पाँचथर –जिल्लाको फाल्गुन्द गाउँपालिका– ३ का वडाध्यक्ष सुखवीर नेम्वाङको निधन भएको छ । बुधबार बिहान फाल्गुनन्द ३ पौवासार्तापस्थित घरमा उनको निधन भएको गाउँपालिकाका अध्यक्ष बृजहाङ आङदेम्बेले जानकारी दिएका छन् ।
५६ वर्षीय नेम्वाङ घाँटीको क्यान्सरबाट पीडित थिए । उनलाई लामो समयको उपचारपछि भक्तपुर क्यान्सर अस्पतालले दुई साताअघि घर फर्काएको थियो ।
नेपाली कांग्रेस फाल्गुनन्द गाउँपालिका सभापति रहेका भएका नेम्वाङ २०७४ र २०७९ को स्थानीय तह निर्वाचनमा फाल्गुनन्द ३ को वडाध्यक्षमा निर्वाचित भएका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।