धनगढी – कैलालीमा पानीमा डुबेर एक वालकको मृत्यु भएको छ । गोदावरी नगरपालिका–१ बाँसभारी बस्ने प्रेम विकको ३ वर्षीय छोरा पियुस विकको मृत्यु भएको हो ।
आफ्नै घर अगाडी रहेको धारामा खेल्ने क्रममा धारा नजिक रहेको खाल्डोमा डुबेर बालक घाइते भएका थिए । घाइते बालकलाई उपचारको लागि मायामेट्रो अस्पताल धनगढी लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।