काठमाडौँ – भारतको राजधानी नयाँ दिल्लीमा बिहानै भूकम्प गएको छ । सोमबार बिहान ५ बजेर ३६ मिनेटमा दिल्ली–एनसीआरमा ४.० म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको शक्तिशाली झट्का महसुस भएपछि स्थानीय घर बाहिर निस्किएका थिए । भूकम्पको केन्द्र दिल्लीको जमिनबाट ५ किलोमिटर गहिराइमा रहेको थियो ।
दिल्ली प्रहरीले आपतकालीन अवस्थामा खबर गर्न भनेको बीबीसीले जनाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सबैलाई सर्तकता अपनाउन आग्रह गरेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।