काठमाडौं – सत्तापक्ष दलहरूको बैठक आज बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बिहान ११ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक घटनाक्रमहरूबारे छलफल हुने प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जानकारी दिएको छ ।
सरकारले ल्याएको अध्यादेश संसदमा निर्णयार्थ प्रस्तुत हुन सकेको छैन । जनता समाजवादी पार्टी (जसपा) नेपालले भूमीसम्बन्धी अध्यादेशबाहेकका अध्यादेशमात्रै स्विकृत गर्न सक्ने निर्णय गरेपछि सत्तापक्ष दलहरू विकल्पबारे छलफल गरिरहेका छन् ।
प्रतिनिधि सभामा कांग्रेस र एमालेको संख्याले मात्रै अध्यादेशहरू स्वीकृत हुने भएपनि राष्ट्रिय सभामा जसपा नेपालको समर्थन आवश्यक रहन्छ । प्रतिनिधि सभाको बैठक आइतबार बस्दैछ । त्यसअघि अध्यादेशबारे छलफल गर्न सत्तापक्ष दलहरूको बैठक बस्न लागेको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।