काठमाडौँ – २९औं थाइल्याण्ड मास्टर्स एथ्लेटिक्स प्रतियोगितामा झापाका कृष्णप्रसाद सिग्देलले रजत पदक जितेका छन् । राजधानी बैंककको च्याङ राईमा आयोजना भएको यो प्रतियोगितामा झापाका सिग्देलले ५५–५९ उमेर समूहमा लङजम्पतर्फ ४ दशमलव ९० मीटरको जम्प लगाउँदै रजत पदक जितेका हुन् ।
बिहीबार भएको खेलमा पदक जितेपछि उनले खुसी व्यस्त गरेका छन । ‘मैले पदक जित्छु भन्ने कल्पना गरेको थिइन । त्यति धेरै ठूला राष्ट्रका खेलाडी सहभागी थिए । खुसी लागेको छ,’ उनले जितपछि सञ्चारकर्मीसँग भने ।
१२ फेब्रुअरीदेखि सुरु भएको यो प्रतियोगितामा भाग लिन ९ खेलाडी र २ पदाधिकारी गरी ११ जनाको नेपाली टोली बैंकक पुगेको थियो । प्रतियोगितामा २२ राष्ट्रका खेलाडी सहभागी छन् । प्रतियोगिता १६ तारिखसम्म सञ्चालन हुनेछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।