काठमाडौं – नेपाली कांग्रेस पदाधिकारीको बैठक आज बस्दैछ । दिउसो १ बजे बस्ने बैठकमा भ्रातृ संस्थाको महाधिवेशन गराउन सभापति शेरबहादुर देउवासहित पदाधिकारी बिच छलफल हुँदैछ ।
पदाधिकारीहरू, भातृ संस्थाको महाधिवेशनको समन्वय र सहजीकरण गर्न बनेको पार्टीको निर्देशक समिति र भातृ संस्थाका अध्यक्षको बैठक बस्ने तय भएको कांग्रेसले जनाएको छ ।
तदर्थमा रहेका भातृ संस्थाको महाधिवेशन गराउने विषयमा छलफल हुने कांग्रेसले जनाएको छ । कांग्रेसले चैत मसान्तभित्र सबै भातृ संस्थाको महाधिवेशन गराउन निर्देशन दिइसकेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।