काठमाडौं – आज दुईवटा संसदीय समितिका बैठक बस्दैछन् । मध्याह्न १२ बजे सिंहदरबारमा बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलनसम्बन्धी महासन्धि (सिड) बारे छलफल हुनेछ ।
यस्तै १२ः३० बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको पनि बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि दफावार छलफल हुने संसद सचिवालयले जानकारी दिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।