काठमाडौं– असहाय, पिछडिएका र गरिब महिलालाई बेकरी बनाउने तालिम दिँदै आएको डिडी बेकरीले छैटौं ब्याचका लागि ‘जेन्डर लिडरसिप वर्कसप’ सञ्चालन गरेको छ।
_x000D_
_x000D_
दक्षिण कोरियाको दातृ निकाय ‘कोइका’को आर्थिक सहयोगमा दक्षिण कोरियाकै ‘एसिया वुमन ब्रिज डु रन डु रन’ संस्था र एकता बहुउदेश्यीय सहकारी संस्थाले तीन वर्षदेखि महिलालाई बेकरी बनाउने तालिम दिँदै आएको छ।
_x000D_
_x000D_
तालिमबाट हालसम्म ५ वटा ब्याच प्रशिक्षित भइसकेका छन्। छैटौं ब्याचका लागि यसै साता ‘जेन्डर लिडरसिप वर्कसप’ सञ्चालन गरिएको हो। यसपटक १८ जना महिला प्रशिक्षणमा सहभागी भएको डिडी बेकरीकी अर्पणा सिलवालले जानकारी दिइन्। ‘तालिमबाट निस्किएका अधिकांश महिला बेकरीकै काममा संलग्न छन्’, अर्पणाले भनिन्।
_x000D_
_x000D_
महिलालाई स्वरोजगार र आत्मनिर्भर बनाउन कोइकाको सहयोगमा बेकरी बनाउने तालिम दिइन थालिएको हो। तालिमपछि आफैं बेकरी सञ्चालन गर्न चाहनेलाई एकताले ऋणसमेत उपलब्ध गराउने गरेको छ।
_x000D_
_x000D_
हालसम्म ५ वटा ब्याच तालिम सकेर काम गरिरहेको डिडी बेकरीले जनाएको छ। डिडी बेकरीको आफ्नै क्याफे र बेकरी बनाउने कारखाना पनि छ।
_x000D_
_x000D_
हरेक ब्याचमा १५ देखि २० जनासम्मलाई ३ महिना बेसिक र त्यसपछि तीन महिना एडभान्स तालिम दिइने गरेको छ।
_x000D_
‘ नियमित तालिमभन्दा केही फरक होस र उनीहरुलाई जीवनमा काम लागोस् भनेर हामीले बेसिक तालिमको अन्त्यतिर लैंगिक समानता तथा नेतृत्वबारे प्रशिक्षण पनि दिँदै आएका छौं’, अर्पणाले भनिन्।
_x000D_
_x000D_
तालिममा खुल्ला प्रतिस्पर्धाबाट पशिक्षार्थी छनोट गरी निःशुल्क तालिम दिइने गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।