काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक पनि आज बस्दैछ । दिउँसो सवा १ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित ‘मिडिया काउन्सिल विधेयक, २०८० माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
यस्तै, सञ्चारमन्त्री गुरुङले ‘मिडिया काउन्सिल विधेयक, २०८० पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची समेत रहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।