काठमाडौं – प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने गरी बोलाइएको छ । बैठकको आरम्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘महालेखापरीक्षकको एकसट्ठीऔँ वार्षिक प्रतिवेदन, २०८१’ पेश गर्नेछन् ।
यस्तै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्त्व (पहिलो संशोधन) विधेयक, २०८१’ फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
बैठकमा ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि माननीय प्रेम सुवालबाट प्राप्त विरोधको सूचना निर्णयार्थ पेश गरिने कार्यसूची रहेको छ ।
यस्तैगृहमन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, नेपाल प्रहरी विधेयक, २०८१’, ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१’ प्रस्तुत गर्न अनुमति माग्ने तथा प्रस्तुत गर्नेछन् ।
यस्तै विधायन विधेयक, २०८० सम्बन्धमा ‘कानून, न्याय तथा मानव अधिकार समितिुको प्रतिवेदनको विभिन्न बुँदा र विधेयकका दफा निर्णयार्थ प्रस्तुत गरिनेछ । ‘विधायन विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पनी प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
![p1_JsMlfYOrBs_SPl4QAZGxL-1739065339.png](https://nepallive.com/uploads/posts/p1_JsMlfYOrBs_SPl4QAZGxL-1739065339.png)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।